काठमाडौं, २६ फागुन–नेकपा (एमाले) को राष्ट्रियसभा संसदीय दलको नेतामा खिमलाल भट्टराई चयन हुनुभएको छ । एमाले संघीय संसदीय दलका नेता केपी शर्मा ओलीले भट्टराईलाई दलको नेता नियुक्त गर्नुभएको हो ।

त्यस्तै राष्ट्रियसभामा एमालेको प्रमुख सचेतक देवन्द्र दाहाल नियुक्त हुनुभएको छ । यसअघि विशाल भट्टराई प्रमुख सचेतक हुनुहुन्थ्यो । दलको नेता सुमन प्याकुरेलको कार्यकाल सकिएर बिदा हुनुभएकाले भट्टराईलाई बनाइएको हो ।

राष्ट्रियसभामा विपक्षी दलको नेता अब भट्टराई हुनुभएको छ । अनेरास्ववियुका पूर्वअध्यक्ष भट्टराई एमालेको पोलिटव्यूरो सदस्य हुनुहुन्छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *