डिकेन्द्र बस्नेत/काठमाण्डौं, २६ फागुन–आमूल परिवर्तन मसिह पार्टीको प्रथम महाधिवेशन काठमाडौंको सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा बुधबार भव्य समारोहबीच सम्पन्न भएको छ।

‘विस्वास, योग्य, र इमानदारी राजनीतिक नेताको साथ आधुनिक नेपाल निर्माण गर्न एक होऔं’ भन्ने नाराको साथ भएको कार्यक्रममा देशैभरका नेता, प्रतिनिधि, प्रबेक्षक लगायत हजारौंको संख्यामा उत्साहजनक उपस्थिति रहेको थियोे ।

महाधिवेशनमा नेकपा (एमाले) का नेता एवं पुर्व कानुन तथा स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ, जनता समाजवादीका आङकाजी शेर्पा, नेकपा एकीकृत मावोबादिका बिहानी बि क र मुक्ति आन्दोलन पार्टिका जितेन्द्र घिमिरे लगाएत नेताहरूको सहभागिता रहेको थियो।

कार्यक्रम २ दिन हुने भनिए पनि प्राविधिक समस्याको कारण बुधबार राति करिब १० बजे नै सकिएको छ। बुधबार बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म उद्वघाटन सत्र र सोही दिन दिउँसो २ बजेबाट राति १० बजेसम्म बन्द सत्र चलेको थियोे ।

कार्यपत्र, राजनैतिक दस्तावेज र संसोधित विधान पास गरिसकेपछि पुरानो कार्यसमिति भङ्ग भए सगै ३ सदस्यीय निर्वाचन मण्डल बनेको थियो। निर्वाचन मण्डलको नेतृत्वमा अधिवक्ता छन्द प्रसाद आचार्य र सदस्यहरुमा माननीय उत्तमकुमार परियार र याम राज वेघा हुनुहुन्थ्यो ।

नेपालको इतिहासमा पृथक मुल्य मान्यता राजनीति संस्कारको स्थापनार्थ विश्वमा नै एउटा दर्शन आवस्यक भन्ने ठानेर आध्यात्मिक भौतिक समुन्नवाद नामक नयाँ दर्शनका प्रवर्दक तथा संस्थापक अध्यक्ष भरत गिरी पुनस् निर्विरोध अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । गिरीको नेतृत्वमा ७१ केन्द्रीय कार्यसमिति बनेको छ।

महाधिवेशनले कार्यसमितिको उपाध्यक्षमा शुसिला वेगा र डिल्ली प्रसाद चौलागाई, महासचिवमा विष्णुरत्न लामा, उप-महासचिवमा ध्रुर्वराज गिरी र जेपि राज बज्राचार्य, देवेन्द्र कुमार लिम्बू (डेभिड), उप-सचिव पासाङ तामाङ, दिर्घराज चौलागाई र सोम तामाङ,कोषाध्यक्षमा सोम नोर्वु शेर्पा, उप-कोषाध्यक्षमा विष्णुमाया गुरुङ (लुइस) र प्रकाश बस्नेत लगाएत सदस्यहरु सर्वसम्मत चयन भएका छन् ।

सामान्य फेरबदल बाहेक पुरानै पदाधिकारीहरू नै सर्वसम्मत निर्वाचित भएका छन् भने पार्टीमा कार्यकारिणी अध्यक्ष प्रणाली विधानले व्यवस्था गरेको छ।

कार्यक्रमबाट लुम्बिनी प्रदेशका लागि मेघराज घिमिरेलाई जिम्मेवारी प्रदान गरिएको स्रोतले जनाएको छ। केन्द्रीय समितिमा करिब ३० जनालाई मनोनयन गर्ने र आवश्यक अनुसार चाडै पदपूर्ति हुने उल्लेख छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *