काठमाडौँ, २७ फागुन–भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टीले चार राज्यमा र आम आदमी पार्टी (आप) ले एक राज्य बहुमतसहित सरकार बनाउने भएको छ ।

बिजेपीले उत्तरप्रदेश, उत्तराखण्ड, मणिपुरमा प्रचण्ड बहुमतसहित जितेको छ । गोवाको ४० सिट मध्ये २० सीटको बहुमत प्राप्त गरेको छ । यसैगरी दिल्लीमा सरकार बनाएको आपले पंजावमा प्रचण्ड बहुमत ल्याएर विजयी बनेको छ ।

काँग्रेसले पंजवामा १८, उत्तराखण्ड २५ र गोवामा १२ सिट जितेर प्रमुख प्रतिपक्ष दल बनेको छ । उत्तरप्रदेश र मणिपुरमा भने काँग्रेसको अवस्था नाजुक देखिएको छ ।

उत्तर प्रदेशमा २ सिट र मणिपुरमा काँग्रेसको गठबन्धनले जम्मा ५ सिट मात्र जितेर लज्जाजनक हार व्यहोरेको छ ।

उत्तर प्रदेश कूल संख्याः 403
बिजेपी+ 260
समाजवादी पार्टी+ 138
बहुजन समाजवादी पार्टी 1
भारतीय कँग्रेस 2
अन्य 2
उत्तराखण्ड कूल संख्याः 70
बिजेपी 42
भारतीय कँग्रेस 25
आम आदमी पार्टी (आप) 0
अन्य 3
पंजाव  117
आम आदमी पार्टी (आप) 92
काँग्रेस 18
अकाली दल+ 4
बिजेपी+ 2
अन्य 1
गोवा 40
बिजेपी 20
काँग्रेस+ 12
आम आदमी पार्टी (आप) 2
अन्य 6
मणिपुर 60
बिजेपी 31
काँग्रेस+ 5
अन्य 24

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *