झिलझिले, २७ फागुन–झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ मा नेपाल महिला संघ गठन भएको छ ।
नगरको वडा नम्बर ११ झिलझिलेस्थित किराँत भवनमा आयोजित कार्यक्रमबाट शुक्रबार खिनमाया फुयँलको सभापतीत्वमा ३३ सदस्यीय वडा नम्बर ८ स्तरिय नेपाल महिला संघ गठन भएको हो ।
नवगठित समितिको उपसभापतिमा गोमा पौडेल, कमला श्रेष्ठ, सचिव प्रतिमा मिश्र र सुनिता राई चयन भएका छन् । यस्तै सह सचिवमा होमकुमारी आचार्य र रेजिना बराइलीलाई भेलाले चयन गरेको छ।
सदस्यहरुमा रुपा माझी, मनिका राई, प्रमिला सुवेदी, सन्जु चेम्जोङ्ग, ईश्वरा लावती, ,मुना सुनुवार, चन्द्रकला श्रेष्ठ, सविना राई, इन्द्रमाया न्यौपाने, कविता लावती राई, सपना प्रसाई, सविता तामाङ चयन भएका छन् ।
यस्तै सुसिला खड्का, हिमादेवी आङदम्बे, सुमित्रा भण्डारी, प्रमिला नेम्वाङ, युनिसा अधिकारी, पूजा दाहाल, तिलरुपा नेम्वाङ, सरला राई, राधिका अधिकारी, कल्पना लम्जेल, संगिता राई, यसोदा श्रेष्ठ, जयन्ती लावती र सपना लावती पनि सदस्यमा चयन भएका छन् ।
पार्टीको वडा समितिले आयोजना गरेको कार्यक्रम पार्टीका महाधिवेसन प्रतिनिधि सन्तोष कुमार मेनाङवोको प्रमुख आतिथ्यतामा भएको थियो । सो कार्यक्रममा पार्टीका जिल्ला सदस्य रविचन्द्र राई, ज्ञानवहादुर न्यौपाने, चन्द्रमणी नेपाल लगायतका नेताले नेपाल महिला संघको नयाँ नेतृत्वलाई सुभकामना दिएका थिए ।
कार्यक्रममा आउने सवैलाई वडा समितिका उपसभापति सुरेन तामाङले स्वागत गरेको नेपाली कांग्रेस शिवसताक्षी नगरले जनाएको छ । नव निर्वाचित महिला संघकी वडा सभापति खिनमायाले आउँदो स्थानीय तहको निर्वाचनमा वडा नम्बर ८ लाई कुनैपनि हालतमा विजयी गराउने बताइन् ।
