काठमाडौं, २८ फागुन–नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ राजनीतिक भेटघाटलाई धेरै निरन्तरता दिएका छन् । विप्लवले शुक्रबार सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालसँग भेटवार्ता गरेका छन् ।
नेता खनालको निवास पुगेर महासचिव विप्लवसहित नेकपाका नेताले उनीसँग भेट गरेका हुन् । उनीहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ । सरकारले संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गरे लगतै विप्लवले राजनीतिक भेटघाटलाई तीब्र बनाएका थिए ।
उनले एमसीसी अनुमोदनका बेला असन्तुष्टि जनाउँदै विरोधमा उत्रिएका नेताहरुलाई भेटेका थिए । उनले सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेलगायतका नेताहरुलाई भेटघाट गरिसकेका छन् ।
