बारा, २९ फागुन–प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तराईरमधेसको विकास गर्न सजिलो भएको बताएका छन् । उनले मधेसको विकास गर्नका लागि पहाडको जस्तो पहरो खन्नु नपर्ने बताएका छन् ।

‘मधेसमा माटो खन्नेर सडक पुर्ने, ग्राभ्रेल गर्ने र कालोपत्रे गरे हुन्छ,’ उनले भने, ‘पहाडमा सडक बनाउन पहरो खन्नुपर्ने हुन्छ, त्यसमा धेरै समय र खर्च लाग्छ । तर तराईरमधेसमा त्यस्तो छैन, सजिलो छ ।’

नेकपा एमाले बारा जिल्ला कमिटीले जिल्लाको आदर्श कोतवालको जयनगर चिउँटाहामा शनिबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै तराईरमधेसको विकास गर्न पर्याप्त इच्छाशक्ति हुनुपर्ने बताए । ‘नेकपा खल्तीमा मुद्रा बोक्ने पार्टी होइन । विकास गर्ने पार्टी हो, साझा पार्टी हो, गरिब र सबै समुदायको पार्टी हो ।’

मधेसका नेता हुँ भनेर मधेसका नेताहरुले जनता अल्मल्याएको उनले बताए । ‘जनतालाई भ्रममा पारे, त्यो क्रममा विकास हुन सकेन,’ उनले थपे, ‘मधेसका नेताले खल्तीमा मुद्रा बोके ।’ ओलीले च्युँटाहा माध्यमिक विद्यालय बनाएका स्थानीय रामचरित्र जयसवारको सालिकमा माल्यार्पण गर्दै आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्तुफा अंसारीसहितका जनप्रतिनिधि र अन्य पार्टी परित्याग गरेकाहरुलाई प्रवेश गराएर थिए ।

‘राम चरित्र जस्तै एमाले पार्टी हो, जसरी उहाँले आफ्नै गाउँका विद्यार्थी पढ्न गाउँमै ठूलो लगानीमा विद्यालय बनाए, त्यस्तै एमालेको सोंच र सिद्धान्त हो ।’ पूर्व-पश्चिम हुलाकी सडकसँगै टाँसिएर भएको कार्यक्रममाओलीले हुलाकी सडकको निर्माण कार्य आफू प्रधानमन्त्री भएको बेला आफ्नै देशको लगानीमा बनाएको बताए । ‘केही बनिसक्यो, केही बाँकी छ,’ उनले भने, ‘मधेसको विकास गर्न मधेसका नेताले गरेनन् ।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *