धरमपुर, ९ पुस–झापाको शिबसताक्षी-१ धरमपुरमा बहुप्रतिक्षित खानेपानीको निर्माणकार्य भइरहेको छ ।

स्थानीस्तरमा स्वच्छ र स्वास्थ्यकर खानेपानीको प्रवन्ध गर्नका लागि निर्माणधिन अवस्थामा रहेको ओभरहेड निर्माण कार्य अन्तिम चरण पुगेको छ ।

स्वर्गीय नरबहादुर–तारादेबी थापाको स्मृतिमा परिवारद्धारा खानेपानका लागि जग्गा उपलब्ध गराएको हो । सोही पाँच कठ्ठा जमिनमा निर्माणधिन खानेपानीको नामकरण स्व.नरबहादुर-तारादेबी थापा खानेपानी बनाइएको छ ।

सो खानेपानीको गत पुस नौ गते प्रदेश १ का कृषि तथा पशुपंक्षी बिकास मन्त्री समेत रहनुभएका सांसद झलकबहादुर मगरले ओभरहेडको शिलान्यास गर्नुभएको थियो ।

सो खानेपानी निर्माण समितिका सचिव समेत रहनुभएका मन्त्री दर्लामीका स्वकीय सचिव दुर्गा नेम्बाङका अनुसार रु १ करोड ७५ लाखको लागतमा धरमपुरमा खानेपानी निर्माणकार्य सम्पन्न हुने भएको हो ।

रु ४ लाख ५० हजार घन मिटर क्षमताको खानोपानीले शिबसताक्षी–१ र २ का स्थानीयवासीलाई शुद्ध पिउने पानीको व्यवस्था गर्न सकिने छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *