माइधार (शिबसताक्षी), २९ फागुन–दक्ष खेलाडी उत्पादनगर्दै खेलमार्फत उत्प्रेरणा जगाउन झापा जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता माइधारमा हुने भएको छ ।
केएनके स्पोटिङ क्ल्ब चो चो इङलाचोचुम्भो युवा गिती क्लब शिबसताक्षी–१० को आयोजनामा यही चैत्र १ गतेबाट माइधारस्थीत केएनके खेल मैदानमा प्रतियोगिता संचालन हुने आयोजकले आइतबार पत्रकार सम्मेलन गरि जनाकारी गराइएको छ ।
खेल संयोजक दिलु नेम्बाङले प्रतियोगिताका लागी सबै तयारी पुरा भैसकेको उक्त पत्रकार सम्मेलन मार्फत जानकारी जनाए ।
प्रतियोगिताको प्रचारप्रसार संयोजकका अनुसार प्रतियोगितामा आयोजकसहित झापाका १० टिमको सहभागिता रहने बताएका छन । जस अनुसार रोयल एफसीदमक, केर्खा एफ सी, कन्काई ११, एफ सी, सहिद स्मारक सुखानी एफ सी, शनिस्चरे एफसी, जलथल एफसी, ब्यङडाडा एःसी तुलसीबारी एफसी र आयोजकको तर्फबाट २ टिम रातो र निलो सहभागि हु्ने बताइएको छ ।
प्रतियोगिता संचालन गर्नको लागी ३ लाख ५० हजार अनुमानीत बजेट खर्च हुने आर्थिक संयोजक पदमजंग कुवरले जानकारी गराए । बजेट ब्यबस्थापन नगर खेलकुद बिकास समितिबाट रु ५० हजार, वडा खेलकुद बिकास समितिबाट रु ३१ हजार र शिबसताक्षी नगरका बिभिन्न संघ–संस्था र देशबिदेशमा रहने नेपाली साथीभाईसंग हातेमालो गरि आर्थिक संकलन गरिने आर्थिक संयोजक कुवरले पत्रकार सम्मेलनमा बताए ।
‘प्रतियोगितालाई मर्यादित र ब्यबस्थीत गर्नका लागी खेलमैदान सम्याउने, रेखाङकनकार्य र दर्शकलाई ब्यबस्थीतगर्न घेराबार गरिसकिएको खेलमैदान ब्यबस्थापन समितिका संयोजक रबिन राई बताए । धेरै भन्दा धेरै दर्शकलाई सहभागि गरौनको लागी बिभिन्न संचार माध्यमलागायत सामाजिक संजाल मार्फत प्रचारप्रसार तिब््ररुपले गरिरहेको प्रचार प्रसार संयोजक अधिकारीले जनाए ।
नगरमा खेलाडी उत्पादन र प्रर्बधनमा सहयोग पुराउनको लागी खेलाइदै आएको यो प्रतियोगिता बिगतमा बिभिन्न प्राबिधिक समस्या र कोरोना भाइरसको कारणले गर्दा संचालनहुन नसकेको यस प्रतियोगितालाई निरनतरता दिइने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको बिजेता टिमले रु ५१ हजार र उपबिजेताले रु ३१ हजार मेडल, ट्रफी र प्रमाणपत्र प्राप्तगर्ने खेल संयोजक नेम्बाङले बताए । नेम्बाङका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट फरर्बड, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट गोलकिपरलाई जनही ट्रफी मेडल प्रमाण पत्र र नगदप्रदान गरिने बताएका छन ।
चैत्र १२ गतेसम्म संचालन हुने प्रतियोगितामा आयोजक टिमको ब्याबस्थापन निरक बस्नेतले गर्ने जनाइएको छ भने आयोजक २ टिमका खेलाडीलाई जर्सी एनी ब्राण्डका सन्तोष थोप्राले गर्ने आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

