दमक, २९ फागुन–झापाको दमकमा सामाजिक गतिविधिहरु गर्दै आइरहेको रोटरी क्लव अफ दमकले आज मोरङको मिक्लाजुङ (मधमल्ला) मा एक दिने आँखा शिविर सञ्चालन गरेको छ ।

दमकमा केन्द्रीय कार्यालय रहेको मधुमल्लास्थित कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाको सेवा केन्द्रको सहआयोजक तथा विर्ताज्योति आँखा अस्पताल दमकको प्राविधिक सहयोगमा आँखा शिविर सम्पन्न भएको थियो ।

मिक्लाजुङ–७ मधुमल्लास्थित मनोहर जनता माध्यमिक विद्यालयमा भएको शिविरमा विद्यार्थी, अभिभावकसहित ४ सय ५५ जनाको आँखा परीक्षण गरिएको सचिव राजु गौतमले जानकारी दिए ।

शिविरमा औषधी, चश्मा वितरण गर्नुका साथै आँखाको शल्यक्रियाका लागि समेत निशुल्क व्यवस्था गरिएको उनले बताए ।

गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको शिविर उद्घाटनमा उपाध्यक्ष सरला राई, वडा न ७ का वडाध्यक्ष शुसील चौहान, रोटरीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

रोटरीका अध्यक्ष भरत चम्लागाईको अध्यक्षतामा भएको शिविर उद्घाटनमा स्वागत तथा कार्यक्रमको उद्देश्य माथि गंगाप्रसाद काफ्लेले मन्तव्य राखेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *