धरमपुर (शिबसताक्षी), २९ फागुन–झापाको शिबसताक्षी-२ धरमपुरस्थित मंगलबारे उत्तरमा अवस्थित नेपाली कांग्रेस वडा पार्टी कार्यालयमा आइतबार आयोजित वडा स्तरीय भेलाले नेपाल तरुण दल र नेपाल महिला संघ गठन गरेको छ ।
आउदै गरेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेस शिबसताक्षी नगर समितिले नगरपालिकाको ११ वटै वडा स्तरीय भेला गर्दै भातृसंघ–संगठन निर्माण, पुर्नगठन र प्रशिक्षण सम्बन्धीका अभियानलाई तिब्रता बनाएको छ ।
पार्टी वडा सभापति काजीमान बुडाथोकीका अनुसार कांग्रेस सम्बद्ध युवाहरुको सगठन नेपाल तरुण दल वडा सभापतिमा रबीन गुरुङलाई सर्वसम्मत चयन भएका छन् ।
त्यस्तैं, आजै सम्पन्न वडा स्तरीय भेलाले पार्टी सम्बद्ध नेपाल महिला संघ वडा सभापतिमा पबित्र थापालाई सर्वसम्मत चयन गरेका छन् ।
तरुण दलको वडा उपसभापतिमा जनम राई, सचिवमा अर्जुन घिमिरे, अर्जुन राई, सहसचिवमा सुमन बस्नेत र कोषाध्यक्षमा टेकबहादुर अधिकारी चुनिएका छन् ।
