दमक, ३० फागुन–बढ्दो प्रविधिको विकास र त्यसको प्रयोगले बालबालिकाहरु यौन दुव्यवहारमा परिरहेका छन् । खासगरी, कोरोना कोभिड–१९ बाट विश्व मानव समुदाय घरभित्रै सिमित हुनु परेको समयमा बालबालिकाहरुले अनलाईन जुममार्फत पठन–पाठन गर्दा यौन दुव्यवहार भोगिरहेका छन् ।
सोमबार, झापाको शिबसताक्षी–१ धरमपुरस्थित ओप्पा क्याफे एण्ड वारमा आयोजित जनपप्रतिनिधि, अधिकारकर्मी र सञ्चारकर्मीबीच अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी गराएको हो ।
समाज सेवा र मानव अधिकारमा महिला युवा ससक्तिकरण (डब्लुवाईइएसएचआर) को आयोजना र (टीडिएच एनटिएचइआरटीएनडिएस) को आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।
सो कार्यक्रममा शिबसताक्षी नगर उपप्रमुख भोजकुमारी नेपालले बालबालिकाहरुमाथी अनलाईन यौन दुव्यवहार भोग्नु परिरहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर उपप्रमुख नेपालले बढ्दो प्रविधिको विकास र त्यसको प्रयोगले हाम्रो समाजमा सुरु भएको अनलाईन यौन दुव्यवहारलाई न्यूनिकरण र नियन्त्रणमा राज्य पक्ष र अन्य सरोकारवालाहरुले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
सममा सेवा र मानव अधिकारमा महिला युवा ससक्तिकरणका अध्यक्ष भावना (अऐर) नेम्बाङले बालवालिकाहरुलाई अनलाईन यौन दुव्यवहारबाट कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा सहजिकरण गर्नुभएको थियो ।
सहजिकरणको क्रममा अध्यक्ष नेम्बाङले बालबालिकाहरुलाई अनलाईन यौन दुव्यवहार भनेको के हो, यसबाट कसरी बचाउने र यस सम्बन्धी कानूनी उपचार र प्रावधान सम्बन्धी जानकारी गराउनुभएको थियो ।
वहाँले बालअधिकार के हो ? बाल दुव्र्यवहार भनेर कसरी बुझने ? यौन दुव्र्यबहार भनेको के हो ? लगायतका विषयमा प्रष्ट पार्नुभएको थियो । वहाँले बालबालिकाहरु अनलाईन जुम मार्फत पठन पाठन गरिरहेको समयमा आउने विभिन्न प्रकारका भिडियो मार्फत यौन दुव्र्यबहार हुने जानकारी दिनुभयो ।
देशको सातैवटा प्रदेशस्तरीय प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीसहित सांसदहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको संस्थाका अध्यक्ष नेम्बाङले जानकारी दिनुभएको छ ।
प्रदेश १ को राजधानी बिराटनगरमा मुख्यमन्त्री राजेन्द्रकुमार राईलगायत अन्य मन्त्री र सांसदहरुको उपस्थितीमा बालवालिकाहरुलाई अनलाईन यौन दुव्यवहारबाट सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा कार्यक्रम गरिएको नेम्बाङले बताउनुभयो ।
कार्यक्रममा नगरको ११ वटै वडाहरुका अध्यक्ष र प्रतिनिधिहरु, महिला समुह, महिला अधिकारका क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रतिनिधिहरु र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
युवा नेतृत्व दिनेश गजमेरले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका संस्थापक संरक्षक बिप्लब नेम्बाङको समेत उपस्थिति थियो ।

