दुधे, ३० फागुन–नेपाली कांग्रेस सम्बद्ध नेपाल बिद्यार्थी संघ (नेविसंघ) को आज झापाको शिबसताक्षी नगरपालिकाको दुधेमा अवस्थित सतासीधाम बहुमुखी क्याम्पस र राष्ट्रिय रमरिर्णय आदर्श माध्यमिक विद्यालयमा दुईवटा समिति गठन भएको छ ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) शिबसताक्षी नगर सभापति दिवस बास्कोटाका अनुसार राष्ट्रिय रमर्णिय आदर्श माध्यमिक विद्यालयमा सोमबार आयोजित विद्यार्थीहरुको एक भेलाले सभापतिमा केशब भण्डारीलाई सर्वसम्मत चयन गरेका छन् । भण्डारीको नेतृत्वमा राष्ट्रिय रमरिर्णय आदर्शमा ३१ सदस्यीय नेविसंघ इकाई समिति गठन भएको छ भने दुधेस्थित सतासीधाम बहुमुखी क्याम्पसमा सचिन श्रेष्ठको सभापतित्वमा १५ सदस्यीय नेविसंघ क्याम्पस इकाई समिति गठन भएको नगर सभापति बास्कोटाले जानकारी दिनुभएको छ ।

नेपाली कांग्रेस शिबसताक्षी नगर सभापति अशोक बस्नेतको प्रमुअ आतिथ्यतमा र नेविसंघ नगर सभापति दिवस बास्कोटाको विशिष्ट आतिथ्यतमा कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा कांग्रेस शिबसताक्षी–११ का वडा सभापती प्रितम अधिकारी, नेविसंघ झापा सदस्य अर्जुन भट्टराई, कांग्रेस क्षेत्र न ४।१ का क्षेत्रीय सचिव निरोज दुलाल, कांग्रेस नगर सदस्य तथा विद्यार्थी नेता मिलन शेर्मा, नगर सदस्य सविन फुयल लगायतको नेताहरुको उपस्थिति थियो ।

निर्वतमान सभापति नेत्र पाठको अध्यक्षतामा भएको कार्यक्रममा नेविसंघ नगर सचिव अजेन तामाङले सञ्चालन गर्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *