एजेन्सी (काठमाडौं), १ चैत–इङ्ग्लिस प्रिमियर लिग फुटबलमा उपाधि होडमा रहेको म्यानचेस्टर सिटीलाई झट्का लागेको छ।
सोमबार राति भएको खेलमा सिटी क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएपछि दोस्रो स्थानको लिभरपुलसँगको अंक दुरी ६ अंकमा पुर्याउने मौका गुमायो।
क्रिस्लट प्यालेसको घरेलु मैदानमा भए खेलमा सिटीले अधिकांश समय खेल नियन्त्रणमा लिएपनि गोल गर्न सकेन्। उसले गरेका दुई वटा प्रहार पोलमा लाग्दा संभावित अग्रताबाट सिटी चुकेको थियो।
पहिलो हाफ र दोस्रो हाफमा गोलका लागि प्रभावशाली देखिएको सिटी गोल गर्न असफल भएसँगै उपाधि होड खुल्ला भएको छ।
८ हप्ता अघि सम्म लिग अंक तालिकामा १३ अंकको अग्रता बनाएको सिटी तत्काल ४ अंकको अवस्थामा पुगेको छ। जतिबेला लिभरपुल तेस्रो स्थानमा रहेको थियो। अब बुधबार हुने खेलमा लिभरपुलले आर्सनलाई हराए सिटीसँगको अंक दुरी एक अंकमा पुग्ने छ।
अहिले शिर्ष स्थानको सिटीको २९ खेलबाट ७० अंक रहेको छ भने लिभरपुलको २८ खेलबाट ६६ अंक रहेको छ।
त्यस्तै २८ खेलबाट चेल्सी ६९ अंकका साथमा तेस्रो स्थानमा रहेको छ। आर्सनल २६ खेलबाट ५१ अंकका साथ चौंथो स्थानमा रहेको छ।
