माइधार (शिबसताक्षी), १ चैत–झापाको शिबसताक्षी १० माइधारमा आजबाट शुरु भएको जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा जलथल फुटबल क्लब बिजयी भएको छ ।

‘दक्ष खेलाडी उत्पादन गर्दै खेलमार्फत उत्प्रेरणा जगाउन’ आयोजना गरिएको जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता आज मंगलबार जालथल फुटबल क्लब भर्जेज शनिश्चरे फुटबल क्लबबिच प्रतिस्पर्धा भएको खेलमा शनिश्चरे फुटबल क्लबलाई १ का शिरुद्ध २ गोलले पाखा लगाएदै जलथल फुटबल क्लब बिजयी भएको हो ।

खेलको २५ औ मिनेटमा शनिस्चरे तर्फको डिबक्स भित्र फल्स भए पछि पाएको पेनाल्टी सुटमा जलथलका कर्ण लिम्बुले उत्कृष्ट गोल गर्दैै टिमलाई अग्रता दिलाइ । दुबैतर्फको आग्रक खेलमा जलथलका मनोज सेलिङले ४० औ मिनेटमा डिबक्स नजिकैबाट हनेको प्रहारले जाली चुमेपछि गोल अन्तर २–० भयो ।

पहिलो हाफसम्म २ गोललेपछि परेको शनिश्चरेले इन्जुरी समयमा बिबस लिम्बुको गोलले गोल अन्तर घटायो । निर्धारित समयसम्म थप गोल हुन नसके पछि जलथल २–१ गोल अन्तरले बिजयी बन्दै दोस्रो चरणमा प्रबेश गर्न सफल भयो ।

प्रतियोगिता अन्तरगत भोलीको खेल केर्खा फुटबल क्लब भर्सेज कन्काई ११ फुटबल क्लबबिच हुने आयोजक समितिका सदस्य नुबुहाङ सेलिङले जनकारी दिए ।

केएनके स्पोर्टिङ क्लब र चोचो इङला चोचुम्भो युवा गीति क्लब शिवसताक्षी १० को संयुक्त आयोजनामा भएको प्रतियोगिता चैत्र १२ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा आयोजक टिमसहित झापाका १० टिमको सहभागिता रहेको छ । जस अनुसार रोयल एफसी दमक, केर्खा एफसी, कन्काई ११, एफसी, सहिद स्मारक सुखानी एफसी, शनिश्चरे एफसी, जलथल एफसी, ब्याङडाँडा एफसी, तुलसीबारी एफसी र आयोजक २ टिम रातो र निलो सहभागी हुने बताइएको छ । माइधारस्थीत केएनके खेल मैदानमा संचालन भइरहेको प्रतियोगितामा आजको प्लेयर आफदी म्यान बिजेता टिमका मनोज सेलिङ घोषित भए ।

प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार र उपविजेताले ३१ हजार नगद पुरस्कारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक दिलु नेम्बाङले बताए । उनका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट गोलकिपरलाई जनही ट्रफी, मेडल प्रमाण पत्र र नगद प्रदान गरिने बताएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *