दमक, १ चैत–गत कार्तिकमा धनकुटास्थित बुधबारे गाउँमा बाढी–पहिरोमा परेर ज्यान गुमाएका दमक १ का मनोरथ श्रेष्ठ (सन्दिप) को परिवारलाई आज एक कार्यक्रमबीच सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले दुर्घटना बीमा बापतको रकम हस्तान्त्रण गरकेो छ ।

कार्तिकको पहिरोमा परेर ज्यान गुमाएका श्रेष्ठ दमक–६ मा अवस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्य हुन् । संस्थाले स्वर्गीय श्रेष्ठको घरैमा पुगेर रु पाँच लाख भूक्तानी गरेको हो । संस्थाको तर्फबाट कर्जा बिभाग प्रमुख इश्वर नेपालसहित संस्थाका राजकुमार खड्का, दिपक नेपाल लगायतको टोलीले दुर्घटना बीमा वापतको सो रकम श्रेष्ठकी श्रीमती उषालाई हस्तान्त्रण गरेका थिए ।

शेयर सदस्यहरुप्रति जिम्मेवार बन्दैं सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको सेवा र सुविधाका लागि दुर्घटना बीमा गरिएको हो ।

स्वर्गीय श्रेष्ठले दमक–१ मा काष्ठ फर्निचर उद्योग व्यवसाय सञ्चालन गर्दै आएका थिए । उनी, कार्तिकमा काम विशेषले आफ्नो पुरानो गाँउ घर धनकुटाको बुधबारेमा पुगेका थिए ।

बुधबारेस्थित घर पुगेको दिन पहिरोमा परेर उनले ज्यान गुमाएका संस्थाका कर्जा बिभाग प्रमुख नेपालले जानकराी दिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *