गोविन ल्वागुन माइधार (शिबसताक्षी), २ चैत–झापाको शिबसताक्षी १० माइधारमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा केर्खा फुटबल क्लब बिजयी भएको छ ।

माइधार स्थीथ केएनके खेल मैदानमा आज बुधबार भएको खेलमा कन्काई ११ फुटबल क्लबलाई ट्राइबेकरमा ३ का बिरुद्ध ४ गोलले पाखा लगादै केर्खा फुटबल क्लब दोस्रो चरणमा प्रबेश गरेको छ ।

निधारित समयमा दुबै टिमबाट १-१ गोलको बराबारी भए पछि खेल ट्राईबेकरबाट छिनोफानो भएको हो । कन्काई ११ फुटबल क्लबका दिपेश श्रेष्ठले पहिलो हाफको २२ ओै मिनेटमा उत्कृष्ठ गोल गर्दै टिमलाई अग्रता बनाएका थिए ।

पहिलो हाफ सम्म १ गोलले अग्रता रहेको कन्काई आफुलाई समाहलीन नसक्दा दोस्रो हाफको २६ औ मिनेटमा केर्खाका लक्षमण बेघाको उत्कृष्ठ फ्रि किक मार्फत गोल खान पुग्यो र गोल अन्तर बराबरी भयो ।

खेलको प्लेयर अफदी म्याच बिजेता टिमका लक्षमण बेघा घोषित भए र उनले ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिता अन्तरगत भोलीको खेल आयोजक रातो भर्सेज रोयल दमक बिच हुने आयोजक समितिका सदस्य नुबुहाङ सेलिङले जानकारी दिएका छन ।

दक्ष खेलाडी उत्पादन गर्दै खेलमार्फत उत्प्रेरणा जगाउन आयोजना गरिएको झापा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता केएनके स्पोर्टिङ क्लब र चोचो इङला चोचुम्भो युवा गीति क्लब शिवसताक्षी १० को संयुक्त आयोजनामा भएको हो ।

प्रतियोगिता चैत्र १२ गते सम्म संचालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजक टिमसहित झापाका १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार र उपविजेताले ३१ हजार नगद पुरस्कारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक दिलु नेम्बाङले बताए ।

खेल संयोजक नेम्बाङका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट गोलकिपरलाई जनही ट्रफी, मेडल प्रमाण पत्र र नगद प्रदान गरिने बताएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *