शिबगञ्ज, ३ चैत–झापाको शिबगञ्जस्थित इलाका प्रहरी कार्यालय शिबगञ्जको भवन रंगरोगन तथा कार्यालय परिसरलाई घेराबारा गरिने भएको छ ।

शिबसताक्षी–६ शिबगञ्जमा अवस्थित इलाका प्रहरी कार्यालय शिबगञ्जले दक्षिणी क्षेत्रमा शान्ति सुरक्षा गर्दै आइरहेको छ । जिल्लामै कान्छो वडाध्यक्षका रुपमा चर्चा कमाएका नेपाली कांग्रेस शिबसताक्षी नगरका लोकप्रिय युवा नेता मनोज खुलाल कार्कीको बिशेष पहलमा प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले रु ५ लाख बजेट बिनोजित गरिदिएपछि शिबगञ्जस्थित प्रहरी कार्यालयको भवन रंगरोगन र परिसरलाई घेराबारा गरिने भएको हो ।

कार्यालय भवनको रंगरोगन र परिसरलाई घेराबारा गरिनेभएपछि नागरिकको सुरक्षामा दैनिक खटिइरहने प्रहरीलाई कार्य सम्पादनमा सहज हुने वडाध्यक्ष कार्कीले बताउनुभयो । नागरिकको शान्ति सुरक्षामा अहोरात्र सक्रिय रहने प्रहरीसँगको सहकार्य र सहभागितामा मात्रै समाजमा थप शान्ति सुरक्षामा प्रगती हुनेछ, अध्यक्ष कार्कीले भन्नुभयो ।

शिबगञ्ज बजार पूर्व चार कठ्ठा जमिनमा रहेको अवस्थित कार्यालयको परिसरभित्र मिनी खेलमैदान, प्रतिक्षालय, सौचालय, आँगन, फुलबारी, ब्यारेक, महिला र पुरुषको अलग अलग हिरासतसहित दुई तले भवन छ । सो कार्यालयमा प्रहरी नायव निरिक्षक (सई) को नेतृत्वमा ११ जना प्रहरी कार्यरत छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *