गोविन ल्वागुन/शिबसताक्षी, ३ चैत–झापाको केर्खामा जारी प्रथम प्रदेश स्तरिय अध्यक्षकपको उपाधी टेम्के फुटबल क्लब धरानले जितेको छ ।
कमल गाउँपालीका खेलकुद बिकाश समितिको आयोजना केर्खा खेल–मैदानमा सम्पन्न आजको खेलमा एपीएफ पकली सुनसरीलाई ० को बिरुद्ध १ गोल गर्दै टेम्के फुटबल क्लब धरानले उपाधी कब्जा गरेको हो ।
निकै प्रतिस्पर्धामक खेलमा पहिलो हाफसम्म गोल रहित बराबरी सकिएको थियो । दुबै टोलीले निकौ राम्रा गोल लगाउने अवसरहरु गुमाएका थिए ।
दोस्रो हाफको १६ औ मिनेटमा धरानका रोमन लिम्बुले उत्कृष्ठ गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । निर्धारित समय सम्म दुबै तर्फबाट थप गोल हुन नसकेपछि धरानको लागी यही गोल निर्णायक बन्यो र उपाधी कब्जा गर्न सफल भयो ।
जितसंगै टेम्के फुटबल क्लबधरानले रु २ लाख नगद मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो भने उपबिजेता एपीएफ पकली सुनसरीले नगद १ लाखमा चित् बुझायो ।
आजको खेलको म्यान अफदी म्याच बिजयी टिम टेम्के फुटबल क्लब धरानका रोमन लिम्बु घोषित भए । उनले नगद ३ हजार सहित मेडल र ट्रफी प्राप्त गरे ।
त्यसैगरि, बिधागततर्फ बेष्ट गोलकिपर धरानका प्रबिन लिम्बु घोषित भए । बेष्ट फर्वट धरानकै आकाश राई घोषित भए । बेष्ट डिफेन्स पराजित टिमका दिवस गिरी घोषित हुदा सोही टिमका बेष्ट मिडफिल्डर शैलेन्द्र राई घोषित भए ।
बेष्ट कोच टेम्के फुटबल क्लबधरानका जेगिन मरिक घोषत भए । सबैलाई जनही नगद ३ हजार सहित मेडल र ट्रफी प्रदान गरिएको थियो भने प्लेयर अफदी टुनामेन्ट पराजित टिमका रोमन भुजेल घोषित भए र उनले नगद ५ हजार सहित मेडल, ट्रफी हात पारे ।
गत २५ गतेबाट प्रदेश १ का १० टिमको सहमागिता रहेको प्रतियोगितामा आज सम्पन्न भएको हो ।
सोही अवसरमा कमल गाउँपालीका खेलकुद बिकास समितिले पुर्ब खेलाडी बलबाहादुर कार्कीलाई नगद १० हजार सहित सम्मानपत्र, दोसल्ला र डाकाटोपीले सम्मान गरेको छ । उनलाई खेलकुदको माध्यमबाट आफ्नो पालीकालाई राष्ट्र सामु चिनाउन महत्वपुर्ण भुमिका निर्बाह गरेको भन्दै सम्मान गरिएको खेल संयोजक तेजकुमार राईले बताए ।
आजै आयोजक टिम भर्सेज पालीका कर्मचारीबीच फुटबल खेल भएको थियो उक्त खेलमा आयोजक टिम ट्राईबेकरमा ३–४ गोल अन्तरले बिजयी भएको थियो ।
प्रतियोगिताको समापन खेलको प्रमुख अतिथि प्रदेश सभा सदस्य हिकमत कार्की रहेका थिए ।
