माइधार (शिबसताक्षी), ३ चैत–झापाको शिबसताक्षी–१० माइधारमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा रोयल दमक फुटबल क्लब बिजयी भएको छ ।
माइधारस्थित केएनके खेलमैदानमा आज (बिहिबार) सम्पन्न खेलमा आयोजक रातोलाई १ का बिरुद्ध २ गोलले पाखा लगादै रोयल दमक फुटबल क्लब दोस्रो चरणमा प्रबेश गरेको छ ।
पहिलो हाफको १७ मिनेटमा दमकका सुसन लिम्बुको पासमा भक्त भण्डारीले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता बनाए । दमकले आफ्नो दबाबमा राखेर खेलेको खेलमा पुनः २६औ मिनेटमा दमकका रोशन धिमालले फ्रिकिक मार्फत गोल गर्दै अग्रता दोब्बर बनाए ।
यता, आयाजकले दोस्रो आफको २९ औ मिनेटमा पवन राईको पासमा सागर राईले गोल गर्दे अग्रता २–१ मा झारे । आजको खेलको प्लेयर अफदी म्याच बिजेता टिमका रोशन धिमाल घोषित भए । उनले ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिता अन्तरगत भोली (शुक्रबार) को खेल तुलसीबारी फुटबल क्लब भर्सेज ब्याङडाँडा फुटबल क्लबबीच हुने आयोजक समितिका सदस्य नुबुहाङ सेलिङले जानकारी दिए ।
दक्ष खेलाडी उत्पादन गर्दै खेलमार्फत उत्प्रेरणा जगाउन आयोजना गरिएको झापा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता केएनके स्पोर्टिङ क्लब र चोचो इङला चोचुम्भो युवा गीति क्लब शिवसताक्षी १० को संयुक्त आयोजनामा भएको हो ।
प्रतियोगिता चैत्र १२ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजक टिमसहित झापाका १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार र उप–विजेताले ३१ हजार नगद पुरस्कारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक दिलु नेम्बाङले बताए । उनका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट गोलकिपरलाई जनही ट्रफी, मेडल प्रमाणपत्र र नगद प्रदान गरिने बताएका छन् ।
