गोविन ल्वागुन/दुधे (शिबसताक्षी), ४ चैत–आज फागू पूर्णिमा अर्थात होली पर्व । एक आपसमा रङ दलेर खुशियाली साटासाट गर्ने यो पर्व झापामा अघिल्ला वर्ष भन्दा उत्साहपूर्ण रुपमा मनाइएको छ ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको प्रतिबन्धात्मक व्यवस्थाका कारण अघिल्ला दुई वर्ष ठूलो समूहमा सार्वजनिक स्थलमा होली खेल्न रोक लगाइएको थियो ।

यस वर्ष भने कोरोना महामारी करिब नियन्त्रणमा रहेका कारण जिल्लाका धेरै क्षेत्रमा युवाहरुले सार्वजनिक स्थलमा हर्षोल्लासपूर्वक होली मनाएका छन ।

झापाको काकाडभिटा, धुलाबारी, बिर्तामोड, दुधे, सुरुङगा, झिलझिले, डुडामारी, धरमपुर, केर्खा, दमकका सार्बजनिक स्थान र चोक बजारमा होली खेल्नेहरुको ठूलो समूह भेला भएर एक अपसमा अबिर लगाएर होली खेल्नेहरुको भिड रहेको छ ।

दमकका सबैजसो टोलमा अघिल्ला वर्ष भन्दा धेरै मानिसहरु होली खेल्न सहभागी भएका थिए । यता शिबसताक्षीको दुधे बजारमा सतासीधाम जेसिजले होली मिलान कार्यक्रम आयोजना गरि होली पर्ब धुमधामका साथ मनाएको छ ।

अघिल्लो २ बर्ष कोराना कहरका कारण होली मनाउन नपाएको यसपाली उल्लाहस पुर्ण बाताबरणमा मनाइएको हो । सतासीधाम जेसिजले आफ्नो स्थापना काल देखिनै दुधेबजारमा होली मिलान कार्यक्रम गर्दे आएको छ ।

झिलझिले बजारमा पनि स्थानीयबासी ब्यापारीहरुले संयोक्त रुपमा होली पर्ब मनाएका छन । उनिहरुले एक आपसमा होली दल्दै संगितिक मनोरञ्जन समेत गरेका थिए । त्यस्तै, डुडामारीमा पनि स्थानीयबासी र ब्यापारीहरुले होली खेलेका थिए ।

केर्खामा कमल नगर जेसिज, कमल उद्योग बाणिज्य संघ, कमल लायन्स क्लबले संयुक्त होली मिलान कार्यक्रम गरि मनाएको छ । के बालक के युवा ,के बृद्धा सबैले सौहाद्र पुर्ण बाताबरणमा होली खेल्ने गर्दछन ।

पछिल्लो समय निकै खर्चिलो र भडकिलो होली कार्यक्रमले समाजमा बिकृति समेत निम्तन थालेकाले सबै सजग र सरल भएर होली पर्ब खेल्नु पर्ने जानकारहरु बताउछन ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *