गोविन ल्वागुन/माइधार (शिबसताक्षी), ४ चैत–झापाको शिबसताक्षी १० माइधारमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा ब्याङडाँडा फुटबल क्लब बिजयी भएको छ ।

माइधारस्थीथ केएनके खेल मैदानमा आज (शुक्रबार) सम्पन्न खेलमा तुलसीबारी फुटबल क्लबलाई १ का बिरुद्ध २ गोलले पाखा लगादै ब्याँङडाँडा फुटबल क्लब दोस्रो चरणमा प्रबेश गरेको छ ।

पहिलो हाफको १७ मिनेटमा बयाङडाडाका मन्जिल माझीको पासमा सुलभ माझीले उत्कृष्ठ गोल गर्दै टिमलाई अग्रता बनाए । ब्याङडाँडाले आफ्नो दबाबमा राखेर खेलेको खेलमा पुनः ३२औ मिनेटमा सुनिल शेर्माले फ्रिकिक मार्फत गोल गर्दै अग्रता दोब्बर बनाए ।

यता, तुलसीबारीले दोस्रो आफको २४औ मिनेटमा सुमन लिम्बुको पासमा बिकल साउदेनले उत्कृष्ठ हेड मार्फत गोल गर्दे अग्रता २ । १ मा झारे । आजको खेलको प्लेयर अफदी म्याच बिजेता टिमका मन्जिल माझी घोषित भए र उनले ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत भोलीको खेल रोयाल दमक भर्सेज सहिद स्मारक सुखानी फुटबल क्लबबिच हुने आयोजक समितिका सदस्य नुबुहाङ सेलिङले जानकारी दिएका छन ।

चैत्र १२ गतेसम्म प्रतियोगिता संचालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजक टिमसहित झापाका १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार र उपविजेताले ३१ हजार नगद पुरस्कारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक दिलु नेम्बाङले बताए । उनका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट गोलकिपरलाई जनही ट्रफी, मेडल प्रमाण पत्र र नगद प्रदान गरिने बताएका छन् ।

दक्ष खेलाडी उत्पादन गर्दै खेलमार्फत उत्प्रेरणा जगाउन आयोजना गरिएको झापा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता केएनके स्पोर्टिङ क्लब र चोचो इङला चोचुम्भो युवा गीति क्लब शिवसताक्षी १० को संयुक्त आयोजनामा भएको हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *