दमक, ५ चैत–झापाको दमक-८ का मेघराज राईले काठमाडौदेखि दमकसम्मको करिव ५ सय किलोमिटर लामो दुरीको यात्रा ६ दिन दौडिएर पूरा गरेका छन् ।
दशरथ रंगशालादेखि शुरु भएको उनको एकल दौड यात्रा आज शनिवार दिउँँसो १२ वजेतिर पूरा गरेका हुन् । दमकमा धावक राईलाई भव्य रुपले सम्मान गरिएको दौडको संयोजन गरिआएका दमकको एडभेन्चियर इक्यूपमेन्टका सञ्चालक बिषण राईले बताए ।
धावक मेघराज राईलाई दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलगायत दौड सम्बद्ध खेलाडी, संघसंस्थाका प्रतिनिधिहरुले खादा, फूलमाला लगाईदिएर सम्मान दिएका थिए । दौड समापन औपचारिक कार्यक्रममा धावक राईले दौड अवधि भरिका अनुभव सुनाउदै दौडमा सहयोग पुरयाँउने सवैमा आभार समेत व्यक्त गरेका थिए ।
त्यस्तै, नगर प्रमुख ओलीले धावक राईको साहषिक कार्यको प्रंशसा गर्नुहुदै यस्ता प्रतिभालाई हामी सवैले प्रोत्साहन दिनु पर्ने जोड दिए ।
धावक राईका अनुसार दैनिक १ सय किलोमिटर यात्रा दैडिएको हो । ‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ शुरु गरेका उनको दौडमा खेलसम्बद्ध खेलाडीहरुले सहयोग पुरयाँएका थिए । दौड यात्रा सिन्धुली, बर्दिबासहुदै पूर्वपश्चिम राजमार्गहुदै झापाको दमकमा आएर यात्रा समापन गरिएको उनले बताए ।
पाँच बर्षदेखि दौड गरिआएका राईको लामोदुरीको दौड भने यो नै पहिलो भएको र यसअघि विभिन्न पुरस्कार, पदक जितेको धावक राईले बताए । उनले भने,–‘यस दौडले आफूलाई उत्साहित बनाएको छ, यसै क्षेत्रमा लागिरहने थप प्रेरणा प्राप्त गरेको छु’ समापनमा किरात राई यायोक्खाका दमक अध्यक्ष धनजीत राई लगायतले शुभकामना दिएका थिए ।
