दमक, ५ चैत–झापाको दमक-९ का महिला कृषक बचत समुहलाई आज एकदिने च्याउको अचार बनाउने पुर्नताजगी तालिम प्रदान गरिएको छ । शान्ति सामुदायीक सिकाई केन्द्रको आयोजना र वडा कार्यालयको रु ६० हजार आर्थिक सहयोगमा १ सय ३६ जना महिलाहरुलाई च्याउको अचार बनाउने तालिम प्रदान गरिएको हो ।

तालिमको समापननको अवसरमा संघीय सांसद तथा नेपाली कांग्रेसकी नेत्री महेन्द्रकुमारी लिम्बूले ग्रामिण क्षेत्रका महिलाहरुलाई सिप विकास र क्षमता निर्माणमा सहभागिता गराउदै आयमुलक कार्यमा प्रोत्साहन गरिनुपर्नेमा जोड दिनुभयो ।

शान्ति सामुदायीक सिकाई केन्द्रका अध्यक्ष एबम् नेपाली कांग्रेस दमकका युवा नेता राजु तामाङको अध्यक्षतामा तालिम समापन भएको थियो । सो अवसरमा अध्यक्ष तामाङले दमक–९ भित्रका १० वटा महिला कृषक बचत समुहका १ सय ३६ जना महिलाहरुलाई च्याउको अचार बनाउने पूर्नताजगी तामिल प्रदान गरिएको बताउनुभयो ।

साक्षरता अभियान, स्वास्थ्य, आयमुलक, घरेलुहिंसा र लागुपदार्थ तथा दुव्यवसनी सम्बन्धी संचेतनाहरु गर्दै आइरहेको शान्ति सामुदायीक सिकाई केन्द्रले दमक–९ मा महिलाहरुलाई विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको अध्यक्ष तामाङले जानकारी गराउनुभयो ।

सो कार्यक्रममा वडा अध्यक्ष रामबहादुर धिमालको विशिष्ट आतिथ्यता रहेको थियो । तालिमलाई मोरङको उर्लाबारीस्थित बिनय च्याउ उद्योग (मंगलबारे) का सञ्चालक प्रमिला पराजुलीले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा जंघबहादुर थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा तालिमको उदेश्य र संस्थाको परिचयसहित अध्यक्ष तामाङले स्वागत मन्तब्य राख्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *