गोविन ल्वागुन/माईधार (शिबसताक्षी), ५ चैत–झापाको शिबसताक्षी १० माइधारमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा सहिद स्मारक सुखानी बिजयीहुदै सेमीफाइनलमा प्रबेश गरेको छ ।

माइधारस्थीत केएनके खेल मैदानमा आज शनिबार सम्पन्न खेलमा रोयल दमक फुटबल क्लब लाई १ का बिरुद्ध २ गोलले पाखा लगादै सहिद स्मारक सुखानी सेमीफाइनलमा प्रबेश गरेको छ ।

पहिलो हाफको ५ मिनेटमा बिजयी टिमका क्यप्टन सुजन तामाङले उत्कृष्ठ गोलगर्दै टिमलाई अग्रता बनाए । सुखानीले आफ्नो दबाबमा राखेर खेलेको खेलमा पुनः ३७औ मिनेटमा अनिल लिम्बुको पासमा कुलदिप लिम्बुले गोल गर्दै अग्रता दोब्बर बनाए ।

यता दमकले दोस्रो आफको १२औ मिनेटमा पेम्बा तामाङको पासमा भक्त भण्डारीले उत्कृष्ठ गोल गर्दे अग्रता २ । –१ मा झारे । आजको खेलको प्लेयर अफदी म्याच बिजेता टिमका सुजन तामाङ घोषित भए र उनले ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत भोली (आइतबार) को खेल अन्तिम क्वाटरफाइनल अन्तरगत केर्खा फुटबल क्लब भर्सेज आयोजक निलो फुटबल क्लबबीच हुने आयोजक समितिका सदस्य नुबुहाङ सेलिङले जानकारी दिएका छन ।

प्रतियोगिता चैत्र १२ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजक दुई टिमसहित झापाका १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार र उपविजेताले ३१ हजार नगद पुरस्कारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक दिलु नेम्बाङले बताए । उनका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट गोलकिपरलाई जनही ट्रफी, मेडल प्रमाण पत्र र नगद प्रदान गरिने बताएका छन् ।

दक्ष खेलाडी उत्पादन गर्दै खेलमार्फत उत्प्रेरणा जगाउन आयोजना गरिएको झापा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता केएनके स्पोर्टिङ क्लब र चोचो इङला चोचुम्भो युवा गीति क्लब शिवसताक्षी १० को संयुक्त आयोजनामा भएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *