गोविन ल्वागुन/डुडामारी (शिबसताक्षी), ५ चैत–कटहरे बाँध उपभोक्ता संरक्षण समितिको अध्यक्षमा अशोक शेर्मा चयन भएका छन ।

आज डुडामारीस्थित शेर्मा चोकमा आयोजित कटहरे बाँध उपभोक्ता संरक्षण समितिको चौथो साधारणसभा तथा दोस्रो अधिबेशनबाट शेर्मा सर्बसम्मत अध्यक्षमा चयन भएका हुन ।

समितिको अन्य पदाधिकारीमा उपाध्यक्षद्धयमा लालबहाुर शेर्मा र मिलन शेर्मा, सचिबमा रोशन निङलेकु, सहसचिबद्धोय मिलन नेम्बाङ र दिपक शेर्मा र कोषाध्यक्षमा सनम लावती सहित ११ सदस्य कार्यसमिति चयन भएको उपाध्यक्ष सन्दिप शेर्माले बताए ।

सोही अवसरमा संस्थाको चौथो बार्षिक साधरण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजेश शेर्माले संस्थाको बार्षिक प्रतिबेन प्रस्तुत गरे । उनले बाँध संरक्षण गर्न स्थानीय सरकारले २ चरणमा ६ लाख ५० हजार रुपैया बजेट बिनियोजन गरेको र त्यस बजेटले ओबरफ्लो निर्माण गरेको प्रतिबेदन मार्फत जानकारी गराए ।

पाँचथरको तत्कालीन माङजाबुङबाट शेर्माहरु २०२४ सालमा झोडा ढाल फडानीगरी बस्ती बसोबास गर्ने क्रममा उक्त कटहरे बाँध निर्माण गरिएको अग्रजहरुको भनाई छ । स्थानीय छत्रबहाुर शेर्माको अगुवाइमा निर्माण गरिएको बाँधको नामकरण भने कटहरे बाँध राखिएको थियो । शेर्माहरुको कटहरे खलकहरुको बाक्लो बसोबास रहेको हुनाले बाँधको नाम कटहरे राखिएको बयोबृद्धा चन्द्रबहाुर शेर्माले बताए । उनका अनुसार अन्नपात, फसलहरुमा सिंचाइ गर्नको साथै गाइबस्तुलाई पानी खुवाउनको लागी बाँध बनाइएको थियो ।

तत्कालीन समयमा २६ घर मोहीले सो बाँधको पानी प्रयोग गर्ने गरेको उनले बताए । समय क्रम परिवर्तनसंगै बाधको कुलो बिस्थापन हुनु, सिंचाईको अन्य श्रोत हुनु र बसाईसराई अधुनिक प्रणलीले गर्दा बिकल्पको रुपमा बााँधको संरक्षण र प्रर्बधन गर्दै सिमसारको रुपमा बिकास गरि पर्यटकिय क्षेत्र बनाउने उदेश्यका साथ ४ बर्षअघि स्थानीय युवा राजेश शेर्माको अध्यक्षतामा ७ सदस्य उपभोक्ता संरक्षण समिति गठन गरिएको थियो ।

स्थापनाकालदेखि नै युवहरु सक्रिय भई बाँध संरक्षण गर्न स्थानीय सरकारको लागत साझेदारीमा तटबन्धनका कामहरु सम्पन्न भइसकेको बताइएको छ । २ बिघा क्षेत्रफलमा फैलिएको बाँधमा हाल ब्यबसायीक रुपमा माछा फर्म संचालन गरिदै आएको जनाइएको छ ।

सो अवसरमा ०७६।०७७ मा १ लाख ५१ हजार २ सय ९० र ०७७।०७८ मा १ लाख ३ हजार ९ सय ४४ रुपैया बाराबार कारोबार गरेको अर्थिक प्रनिदेन संस्थाका सचिब नरेन्द्र बिक्रम शेर्माले बाचन गरेका थिए ।

उक्त कार्यक्रममा बिभिन्न बिधा र क्षेत्रबाट डुडामारीको नाम अन्य क्षेत्रमा चिनाउन महत्वपुर्ण योगदान गरेको भन्दै ५ जनालई सम्मान गरिएको छ । जसमा स्थानीय संचारकर्मी गोबिन ल्वागुन, सुदर्शन साकोसका प्रबन्ध निर्देशक थरेन्द्र पौडेल, बिर्तामोडमा जिम हाउस संचालन गर्दै आएका बडिबिल्डर सन्दिप शेर्मा, पकिस्तानबाट बिद्याबारिधि गरि अन्तराष्ट्रिय गैर सरकारी संस्थामा कार्यरत पदमशुन्दर निङलेकु र स्थानीय समाजसेबी बासुदेब शेर्मा रहेका छन ।

त्यसैगरि, बाँध संरक्षणमा बिभिन्न समयमा आर्थिक सहयोग गर्ने २५ जना स्थानीय दाताहरुलाई पनि प्रशंसापत्रद्धारा सम्मान गएिको समितिका सचिब नरेन्द्र शेर्माले बताए । पे्रम शेर्मा, प्रेम रोक्का, नरबहादुर खत्रि, चित्र शेर्मा लगायतको मन्ब्यरहेको कार्यक्रमको संचालन समितिका उपाध्यक्ष सन्दिप शेर्माले गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *