शिबगञ्ज, ६ चैत–झापामा पहिलो पटक सुरु भएको कृषकहरुका लागि पशु बीमा कार्यक्रमलाई शिबसताक्षी-६ शिबगञ्जस्थित वडा कार्यालयले यसवर्ष सो कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

अघिल्लो आर्थिक वर्षदेखि सुरु गरिएको पशु बीमा कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिने भएको शिबसताक्षी-६ का वडा अध्यक्ष समेत रहनुभएका नेपाली कांग्रेस शिबसताक्षी नगरका लोकप्रिय युवा नेता मनोज खुलाल कार्कीले जानकारी दिनुभयो ।

कहिले, कृषकहरुलाई उन्नत जातका बीउ बिजन, कहिले तरकारी र सागसब्जिमा लगाइने औषधी र त्यसलाई प्रयोग गरिने स्प्रेमेसिन त कहिले सुँगुर, बाख्रा र बाछाबाछीहरु दिएर वडावासीहरुबीच लोकप्रिय वडा अध्यक्षको रुपमा परिचित कार्कीले पशु बीमा कार्यक्रमलाई यसवर्ष थप प्रभावकारी बनाउदै लैजाने योजना बनाउनुभएको छ ।

खासगरी, कोरोना महामारीको संक्रमणको समयमा चिकित्सकसहित घर घरमा पुगेर ज्वरो र प्रेसर सम्बन्धी परिक्षण गर्दै औषधी वितरण गरिएको र कहिले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र रेडक्रमसकर्मीहरुका लागि प्रोत्साहन मुलक कार्यक्रमहरु मार्फत वडाभित्र लोकप्रियतालाई कायम राख्नुभएको छ । त्यहि समृयमा जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बोकेर घरघरैमा पुर्याउनुभएको छ ।

जिल्लामै कान्छो वडाध्यक्षको रुपमा कार्कीले वडाभित्रका सामुदायीक (सरकारी) र निजी विद्यालय (बोडिङ) मिाध्यमिक वद्यालयहरुमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीहरुका ब्लड ग्रुप परिक्षण कार्यक्रम ल्याउने योजनामा हुनुहुन्छ ।

वडाभित्रका बजार, मठमन्दिर, विद्यालय र सार्वजनिक स्थलहरुको विकास र त्यसलाई संरक्षणमा स्थानीयवासी र सरोकारवालाहरुसँग आपसी समन्वयगरेर कार्यक्रमहरु ल्याइरहनुभएको छ ।

वडाध्यक्ष कार्कीका अनुसार शिबसताक्षी नगरपालिकाको चालु आर्थिक बर्ष २०७८।०७९ को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम वडा स्तरीय योजना तथा कार्यक्रम मध्ये आर्थिक विकासतर्फको कृषकहरुका लागि पशु बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको हो ।

आज (आइतबार) वडा कार्यालयद्धारा सार्वजनिक सुचना प्रकाशित गरेर १५ दिनभित्रमा कृषकहरुलाई आफ्नो पशुको विवरण सहित निवेदन पेश गर्न समेत आग्रह गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।

पशु बीमाका लागि वडाभित्र बसोबास गरिआएको प्रमाणपत्रको हकमा स्थायी बसोबास गरेको नागरिकता, मतदाता परिचयपत्र, बसाई सराईको कागजत बुझाउनुपर्ने सुचनामा उल्लेख गरिएको छ ।

त्यस्तैं, पशु बीमा गर्ने कृषकहरुले पशुको फोटोसहित विवरण पेश गरिनुपर्ने सुचनामा जनाइएको छ । सुचनामा अघिल्लो आर्थिक बर्षमा पशु बीमा कार्यक्रममा सहभागि कृषकहरुलाई यसवर्ष कार्यक्रममा सहभागि नगराइने समेत उल्लेख गरिएको छ ।

वडाध्यक्ष कार्कीका अनुसार निर्वाचनको समयमा मतदाताहरुबीच गरिएको प्रतिवद्धतालाई पुरा गर्न वडा कार्यालयले अघिल्लो बर्षदेखि सुरु गरिएको पशु बीमा कार्यक्रमलाई यसवर्ष प्रभावकारी बनाउदै लगिएको छ ।

गतवर्ष पशु बीमा कार्यक्रममा सहभागि कृषकहरु डम्बर पाठक, खगेन्द्र बस्नेत र अञ्जु अधिकारीका पशु मृत्यू भएको र बीमा अनुसारको रकम समेत पीडित परिवारले पाइसकेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *