काठमाडौं, ७ चैत–प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पोलिटब्युरो बैठक आज ९सोमबार० बस्दै छ । बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा बैठक बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।
समसामयिक राजनीतिक परिस्थिति र स्थानीय तह निर्वाचनको तयारीका बारेमा बैठकमा छलफल हुने उनले बताए । पोलिटब्युरोमा १९ पदाधिकारी र २६ स्थायी कमिटी सदस्यसहित ९९ सदस्य छन् ।
पछिल्लो समय सबैजसो राजनीतिक दलहरु बैसाख ३० को स्थानीय तह निर्वाचन लक्षित कार्यक्रममा केन्द्रित हुन थालेका छन् । नेकपा एमालेले पनि देशभर चुनावी अभियानलाई तीब्र बनाउँदै लगेको छ ।
