गोविन ल्वागुन/दुधे (शिवसताक्षी), ७ चैत–झापाको शिबसताक्षी–११ दूधेमा जारी दोस्रो कर्णबहादुर नेम्वाङ्गस्मृति भेट्रान कप फुटवल प्रतियोगिता अन्तगर्त आइतबारको खेलमा जदाह भेट्रान क्लब मोरङ बिजयी भएको छ ।
दुधेस्थित प्रस्ताबित दुधे रंगशालामा संचालीत प्रतियोगितामा पाहुना टोली युनाइटेड दाजिलिङलाई १ का बिरुद्ध ४ गोलले पाखा लागाउदै जदाह फुटबल क्लब दोस्रो चराणमा प्रबेश गरेको हो ।
खेलको पहिलो हाफको १४औ मिनेटमा जदाहका दिपेन राईले पहिलो गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफसम्म १–० ले जदाह भेट्रान क्लब मोरङ अघि रहयो भने दोस्रो हाफको २२ औ मिनेटमा जदाहका लिलाराम मगरले गोल गदै अग्रता दोब्बर बनाए ।
खेलको २८ औ मिनेटमा दार्जिलिङका फूर्ब शेर्पाले गोल फर्काए र गोल अन्तर २–१ बनाए । निकै रोमाञ्चक खेलमा पुन २९ औ मिनेटमा जदाहका दिपेन राईले टिमको लागी ब्यक्तिगत दोस्रो गोल गरे भने इन्जुरी समयमा पुनःजदाहका दिपेन राईले गोल गर्दै ह्याट्रिक पुरा गरे । जदाहले खेल ४–१ गोल अन्तरले जित्यो ।
खेलको म्यान अफ दि म्याच बिजेता टिमका ह्याट्रिककर्ता दिपेन राई घोषित भए । उनले नगद १ हजार ५ सय प्राप्त गरे । प्रतियोगिता अन्तरगत भोली (मंगलबार) को खेल दमक–लखनपुर भेट्रान क्लब भर्सेज चारआली भोट्रान धाइजनबीच हुने आयोजक समितिले जनाएको छ ।
प्रतियोगिताको विजेताले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाण् पत्र पाउने छन् । उपविजेताले ४५ हजार सहित मेडल, ट्रफी, र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
