वीरेन्द्र बस्नेत/दुधे, ७ चैत–झापा शिबसताक्षी–७ लालझोडास्थित भानु माध्यमिक विद्यालयमा अखिल (क्रान्तिकारी) कमिटी गठन गरिएको छ । कमिटीका अध्यक्ष आस्मिका निरौला, उपाध्यक्ष जीवन कार्की, सचिव निशा अधिकारी, सहसचिव संदेश अधिकारी, सहसचिव राम कडरिया र कोषाध्यक्ष शिक्षा गुरागाईंसहित ४५ सदस्यीय इकाई कमिटी गठन भएको छ ।
कार्यक्रममा भानु माध्यमिक विद्यालयका विद्यार्थी आस्मिका निरौलाको अध्यक्षतामा भएको थियो । सो अवसरमा नेकपा (माओवादी केन्द्र) शिवसताक्षी नगर अध्यक्ष तथा अखिल (कान्तिकारी) का पूर्व नेता महेन्द्र भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) जिल्ला कमिटी झापाका अध्यक्ष रञ्जन धमला, विशेष अतिथि, अखिल (क्रान्तिकारी) जिल्ला कमिटी झापाका उपाध्यक्ष नवीन सिटौला लगायतका नेताहरुको उपस्थिती थियो ।
आस्मिका निरौलाको अध्यक्ष्तामा र अखिल (कान्तिकारी) शिबसताक्षी नगर कमिटी अध्यक्ष बीरेन्द्र बस्नेतको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
