शिबगञ्ज, ७ चैत–झापाको शिबसताक्षी–६ मा सञ्चालित सामुदायीक र संस्थागत माध्यमिक विद्यालयका विद्यार्थीहरुको रगत समुह (ब्लड ग्रूप) पहिचान कार्यक्रम सुभारम्भ भएको छ । शिबगञ्जस्थित वडा कार्यालयले चैत ७ र ८ गते वडाभित्रका माध्यमिक विद्यालयमा अध्ययनरत ५ सय बढी विद्यार्थीहरुको रगत समुह (ब्लड ग्रूप) पहिचान गरिएको हो ।
वडाध्यक्ष एबम् नेपाली कांग्रेस शिबसताक्षी नगरका लोकप्रिय युवा नेता मनोज खुलाल कार्कीका अनुसार जिल्लाभरी यो कार्यक्रम पहिलो पटक शिबसताक्षी–६ शिबगञ्जमा शुभारम्भ गरिएको हो । ६ नम्बर वडाभित्र सञ्चालित सामुदायीक तथा संस्थागत माध्यमिक विद्यालयहरु ५ वटा भएको अध्यक्ष कार्कीले बताउनुभयो ।
शिबगञ्जस्थित प्राथमिक स्वास्थ्य केन्द्र र नगर स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा माध्यमिक विद्यालयका किशोर किशोरीहरुको रगत समुह पहिचानको निम्ति नमुना संकलन गरिएको थियो ।
रगत समुह पहिचान कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सञ्जय ठकुरी, नगर स्वास्थ्य फोकल पर्सन रोशन अधिकारी, वडा सदस्य लक्ष्मीप्रसाद गुरागाई, बद्रीनाथ खनाल, वडा सचिव बिमल बास्कोटा, जन आदर्श माध्यमिक विद्यालयका प्रधानध्यापक तुलसी अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
