दमक, ८ चैत–झापाको दमकमा दोस्रो पटक दमक गोल्डकप भोली (बुधबार) बाट सुरु हुदैछ । ९ चैत बुत्रबारबाट दमक–३ मा हुने गोल्डकपको तयारी पूरा भएको छ । दमक नगर खेलकुद विकास समितिको आयोजनामा दमक गोल्डकप हुने भएको हो ।

सो प्रतियोगितामा चार विदेशी टोली, एउटा आयोजक टिमसहित दश टिमको सहभागिता रहने बताइएको छ ।

आज प्रतियोगिता सञ्चालन हुने मैदानमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर गोल्डकपको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्बल, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङमस्र्याङ्दी फुटबल क्लब, आयोजक दमक-११, बागमती युथ क्लब, गोर्खा ब्वाइज पुलिस क्लब भारत, मानेभञ्ज्याङ फुटबल क्लब दार्जेलिङ, दुर्गापुर सन्डे क्बल कोलाकाता, एमिनियर फुटबल क्लब क्यामरुनको सहभागिता रहने खेल संयोजक मोहन मगरले जानकारी दिए ।

सो प्रतियोगिताको उद्घाटन प्रदेश सांसद अर्जुन राईले गर्नुहुने कार्यक्रम रहेको र समापन कार्यक्रममा नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने पत्रकार भेटघाटमा जनाएको छ ।

बुधबारको उद्घाटन खेल आयोजक दमक–११ र बागमती युवा क्लब सर्लाहीबीच खेल हुनेछ ।

प्रतियोगिताका लागि मैदान सम्याउने, प्याराफिट निर्माण लगायतको काम सकिएको दमक नगर खेलकुद विकास समितिका अध्यक्ष भीमराज चौलागाईले जानकारी दिए । पाँच हजारदेखि सात हजार दर्शक अँट्ने प्याराफिट निर्माण गरिएको उहाँले बताउनुभयो ।

प्रतियोगिताको विजेताले रु १३ लाख ११ हजार र उपविजेताले रु ६ लाख ११, सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने अध्यक्ष चम्लागाईंले जानकारी दिनुभयो ।

सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल् डर, फरवाड र प्रशिक्षकले रु २१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *