काठमाडौँ, ८ चैत–अभिनेत्री करिष्मा मानन्धर नेकपा (एमाले) मा प्रवेश गरेकी छन् ।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत अभिनेत्री मानन्धर एमालेमा प्रवेश गरेकी हुन् । उनलाई पार्टी अध्यक्ष एबम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए ।
करिष्माले देश परिवर्तन गर्ने एजेन्डा पार्टीले बोकेको भन्दै समानता र सामाजिक न्यायसहित समाजवादको बाटोमा हिँड्ने पार्टी एमाले मात्र भएको जिकिर पनि गरिन् ।
महिला तथा पिछडिएका वर्गको उत्थान गर्ने पार्टीको नीति भएकाले पनि एमाले प्रवेश गरेको अभिनेत्री मानन्धरको भनाइ छ ।
