गोविन ल्वागुन/डुडामारी, ८ चैत–पूर्वपश्चिम लोकमार्गमा पर्ने झापाको शिबसताक्ष्ाँी–८ को झिलझिले-डुडामारी सडक खण्डस्थित बुद्ध चौकमा मालबहाक ट्रकले विद्यालय बसलाई ठक्कर दिदाँ ट्रकका चालक घाइते भएका छन् ।
पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको मे १ क ८६६ नम्बरको स्कुलबसलाई सोही दिशाबाट आउदै गरेको बा ८ ख ९२१ नम्बरको ट्रक्ले पछाडिबट ठक्कर दिदा बसमा सवार ३ बिध्यार्थी र बसका सहचालक घाइते भएका हुन् ।
घाइते मध्ये बसका सहचालक र ट्रक्कका चालक गम्बिर घाइते भएको र उनिहरुलाई बिर्तामोडस्थित बिएण्डसी हस्पिटल लगिएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।
शिबसताक्षी–७ भानु माबी लालझोडाको उक्त बस विद्यार्थीलाई ओराल्ने क्रममा रोकिएको अवस्थामा ट्रक्ले ठक्कर दिएको बताइएको छ । घाइतेहुनेहरुमा शिबसताक्षी–१ का वर्ष १४ क, शिबसताक्षी ८ का वर्ष १५ का चिरन निरौला, बिराज कोइराला रहेका छन ।
उनिहरु मय्धे श्रेष्ठ कक्षा ८ र अरु कक्षा ९ मा अध्यनरत रहेको बिध्यालयका प्रअ डामकुमर कुवरले बताए । उनिहरुको झिलझिलेमा सामान्य उपचारपछी थप उपचारको लागि बि एन्डसी हस्पिटल्मा लगिएको प्रहरिले जनएको छ भने अवस्था खतरा मुक्त रहेको जनाइएको छ ।
बसका सहचालक शिबसतक्षी–७ का रामकुमार राई रहेका छन भने ट्रक चालकको पहिचान हुन सकेको छैन । के करणले दुर्घटना भएको भनी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
