शिबगञ्ज, ९ चैत–झापाको शिबसताक्षी–६ शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालयले आज (बुधबार) एक समारोहबीच ६ जना शिक्षक–शिक्षिकाहरुको सम्मान तथा बिदाई कार्यक्रम गरेको छ ।

विद्यालयका प्रधानध्यापक तुलसीप्रसाद अधिकारीको अध्यक्षतामा र शिबसताक्षी–६ का वार्ड अध्यक्ष समेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज खुलाल कार्कीको प्रमुख आतिथ्यतामा शिक्षक–शिक्षिकाहरुलाई बिदाई गरिएको हो ।

बिदाई कार्यक्रममा विद्यालयबाट अनिबार्य अवकास प्राप्त गर्नेहरु पुष्यप्रसाद खरेल शर्मा, यसोदा भेटुवाल शर्मा, ठाकुर प्रसाद भण्डारी हुनुहुन्छ । त्यस्तै, विद्यालयबाट स्वेच्छिक अवकासबाट बिदाई हुनुहुने मायादेबि न्यौपाने हुनुहुन्छ । यता, विद्यालयबाट सरुवा भएर जानुहुने जानकी चेम्जोङ र खगेन्द्रप्रसाद घिमिरेलाई बिदाई गरिएको छ ।

चेम्जोङ मोरङको पथरीमा सरुवा भएर जानुभएको छ भने घिमिरे शिबसताक्षी–७ को शुक्र माध्यमिक विद्यालय चन्द्रडाँगीमा सरुवा भएर जानुभएको छ ।

विदाई कार्यक्रममा बिद्यालयको तर्फबाट शिक्षक–शिक्षिकाहरुलाई फुलमाला र दोसल्ला ओढाएर सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

विद्यालयका प्रधानध्यापक तथा कार्यक्रमको अध्यक्ष तुलसीप्रसाद अधिकारी, कार्यक्रमका प्रमुअ अतिथि वार्ड अध्यक्ष मनोज खुलाल कार्की, वार्ड सदस्य बद्रीनाथ खनाल, विद्यालयका सहायक प्रधानध्यापक टीकाराम काफ्ले, उद्योग बाणिज्य संघ शिबसताक्षीका कार्यसमिति सदस्य तथा शिबगञ्ज बजार अध्यक्ष मुक्तीनाथ गुरागाई लगायत शिक्षक-शिक्षिकाहरुले फुलमाला र दोसल्ला ओढाउनुका सार्थै सम्मानपत्रसहित मायाको चिनो प्रदान गर्नुभएको थियो ।

बिदाई कार्यक्रममा बिद्यालयका पूर्वशिक्षक गंगाराम खनाल, गणेश उप्रती, पूर्वकर्मचारी लोकनाथ पौडेल, पूर्व बिद्यार्थी समन्वय समितिका उपाध्यक्ष दिपक भेटुवाल लगायतको शिक्षक अबिभावहकहरुको उपस्थिति थियो ।

विद्यालयका शिक्षक दिनेशकुमार श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रमलाई बिद्यालयका सहायक प्रधानध्यापक टीकाराम काफ्लले स्वागत मन्तव्य राख्नुभएको थियो । सो अवसरमा विद्यालयका विद्यार्थीहरुद्धारा गीत, नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *