धरमपुर, ९ चैत–नेकपा (एमाले) सम्बद्ध भातृसंगठन नेपाल खेलकुद महासंघ शिवसताक्षी नगरपालिका वार्ड नंम्बर १, २ र ३ (साविक धरमपुर गाविस) को प्रथम वार्ड अधिवेशन सम्पन्न भएको छ ।
आज शिबसताक्षी–२ धरमपुरमा सम्पन्न प्रथम अधिवेशनले शिबसताक्षी–१ को अध्यक्षमा सुमन नेम्बाङ, वार्ड नंम्बर २ को अध्यक्षमा धर्म राई र वार्ड नम्बर ३ को अध्यक्षमा दिपेश राईलाई जिम्मेवारी प्रदान गरिएको छ ।
नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य सुरज रिङ्गालुङ राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नव गठित वार्ड कमिटीका अध्यक्ष सहित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरिएको थियो ।
