धरमपुर, ९ चैत–स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगरपालिकाको २ नम्बर वार्ड कमिटीले टोल (घ (४)स्तरीय कार्यकर्ताहरु भेला गर्नुका साथै टोल स्तरीय कमिटी गठन अभियानलाई तिब्रता पारेको छ ।
धरमपुरको साविक वार्ड नम्बर ५, ६ र ७ लाई समायोजन गरेर शिबसताक्षी–२ बनाइएको छ । वार्ड नम्बर २ को सयपत्री चौक, नहर चौक, हिमाली चौकलाई माओवादी केन्द्रले टोल नम्बर ४ बनाएको छ ।
सो वार्डमा नेकपा (माओवादी केन्द्र) ले आगामी निर्वाचनमा आफ्ना उम्मेद्धारलाई बहुमतका साथ बिजय गराउन अभियानका साथ वार्डभित्र टोल कमिटी निर्माणलाई अभियानका साथ अघि बढिरहेको छ ।
अघिल्लो पटक सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र नेकपा (एमाले) संग झिनो मत अन्तरले पराजित हुनुपरेको थियो । त्यसबीचमा माओवादी केन्द्रले वार्ड स्तरीय कार्यकर्ता भेला र प्रशिक्षण गर्दै आइरहेको छ भने वार्डभित्र विकास निर्माणसहित आमसरोकारका विषयमा माओवादी केन्द्र वार्ड कमिटीले मुख्य अग्रसरता देखाइरहेको छ ।
वार्ड कमिटीका अध्यक्ष एबम् विकास निर्माणका कार्यमा सधै अग्रसरता देखाइरहने भीम नेम्बाङको अध्यक्षतामा भएको टोल स्तरीय भेलामा नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगर कमिटीका बरिष्ठ उपाध्यक्ष एबम् सतासी साप्ताहिकका प्रधानसम्पादक प्रेम याम्फु राई, नगर कमिटी सदस्य तथा वाइसियल नेपाल १ नम्बर प्रदेश कमिटी सदस्य भुवन राई, वाइसियल नगर उपाध्यक्ष सञ्जिव राई, नगर सदस्य खगेन्द्र राई लगायतको उपस्थित रहेको वार्ड सचिव सन्तोष काफ्लले जानकारी दिनुभयो ।
