दमक, १० चैत–सांसद महेन्द्रकुमारी लिम्बूले दमक नगरपालिकालाई एमालेबाट निर्वाचित केही जनप्रतिनिधिहरु, पार्टी नेता-कार्यकर्ता र कर्मचारीहरुले चौतर्फी घेराबन्दीमा पारेर भष्ट्राचारमा लुछाचुढी गरिरहेको आरोप लगाएकी छन् ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी सांसद लिम्बुले एमालेबाट निर्वाचित जनप्रतिनिधि, सो पार्टीका नेता–कार्यकर्ता र कर्मचारीहरुले दमक नगरपालिकालाई घेराबन्दीमा पारेर भष्ट्रचार गरिरहेको बताएकी छन् ।

विहिबिार दमककमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर सांसद लिम्बूले साझा संस्थाका रुपमा रहेको सांसद पदको समेत एमालेले अवमुल्यन गरेको आरोप लगाएकी छन् । बुधबारबाट दमकमा शुरु भएको दमक गोल्डकपमा समेत एमालेका जनप्रतिनिधि, कर्मचारी र नेता–कार्यकर्ताहरुले खेलकुदको माध्यमद्धारा भ्रष्टाचार गरिरहेको सांसद लिम्बूले बताईन् ।

पत्रकार सम्मेलनमा सांसद लिम्बूले गोल्डकप सफल रहोस भन्दै शुभकामना ब्यक्त गरिन । उनले गोल्डकपका नाममा हुने भ्रष्टाचार वा अनियमितता विरुद्ध हाम्रो पार्टीको तर्फबाट गरिने खबरदारी रहिरहनेछ बताईन । गोल्डकपका नाममा गठन गरिएका कुनै पनि समितिमा बसेर भ्रष्टाचारलाई सहयोग नपुरयाँउन पनि उनले कार्यकर्ताहरुलाई निर्देशन दिइन् ।

गोल्डकप उदघाटनमा सांसद लिम्बुलाई आमन्त्रणनै नगरी मर्यादा क्रम मिचेर प्रमुख अतिथीको रुपमा १ नम्बर प्रदेश सांसद अर्जुन राईलाई निम्ताएर सांसद पदको मान मर्दन गरेको भनि कडा आलोचना गरे ।

गोल्डकप उदघाटन प्रदेश सांसदबाट गराउने अनि प्रतिनिधि सभाको सांसदलाई भोली, पर्सि तपाइँ आउनु भन्ने खबर गर्नु आफैंमा हेपाहा र पूर्वाग्रहीपूर्ण व्यवहार हो ।

सांसद लिम्बूले दमकमा कर्मचारी नियुक्तीदेखि अनुदान वितरण र बिल भर्पाई मिलाउने बिचौलियाका रुपमा काम लगाएर एमाले नेता कार्यकर्ताहरुलाई पोस्ने काम अहिलेका जनप्रतिनिधिहरुले गरिरहेको आरोप लगाईन । गोल्डकप आफैंमा गौरवको बिषय भएपनि यदाकदा यसमा भएको राजनीतिकरणले भ्रष्टाचारको आधार बनेको बताईन ।

स्थानीय सरकारको पाँच बर्षको अवधिमा एमालेको बाहुल्यता रहेको दमक नगरमा १० औं सभासम्म आइपुग्दा एक पटक पनि दमककै बासिन्दा रहेकी प्रतिनिधि सभा सदस्य लिम्बुलाई नगरपालिकाले आतिथ्य ग्रहणका लागि नबोलाउनुले नगरपालिका एमालेको एक्लौटी संस्था वा निकायका रुपमा रहेको बुझ्न कठिन नहुने नेताहरुको निष्कर्ष छ । बजेट, कार्यक्रम निर्माण प्रकृयामा समेत एमालेले एक्लौटी निर्णय गरेर सुरक्षित रुपमा भ्रष्टाचार गरिरहेको उनीहरुको बुझाई छ ।

कांग्रेस झापा क्षेत्र नं ५ का सभापति समेत रहेको नेता ढुण्डीराज भण्डारी, प्रदेश क्षेत्रीय सभापति रबि केसी, दमक नगर सभापति प्रकाश प्रसाई, महाधिवेशन प्रतिनिधि आइन्द्र केरुङ, नेता पशुराम रिजाल लगायतका नेताहरुको उपस्थिति थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *