झिलझिले, १५ चैत–शिवसताक्षी–८ का स्वास्थ्य सेविकालाई साइकलत तथा कृषकलाई स्प्रे ट्यांकी वितरण गरिएको छ । वडाले कार्यक्रमा नौमति बाजा पनि वितरण गरेको थियो ।

वडा नं ८ को कार्यालयले वडाका ५ जना स्वयमसेविका, २ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई साइकल तथा ८५ जना कृषकलाई स्प्रे ट्यांकी, एक सेट नौमति बाजा वितरण गरिएको हो ।

साइकल तथा स्प्रे टंयाकी वितरण गरिएको थियो । साइकल प्राप्त गर्ने स्वयमसेवीहरुमा तुलसादेवी घिमिरे, हर्कमाया चेम्जोङ्ग, मेनुका शिवाकोटी, तारा सापकोटा, ब्रिन्दा पोख्रेलरहेका छन् ।

वडाको सिलिङ्ग बजेट २ लाख ५० हजारको लागतमा साईकल र नौमति बाजा वितरण गरिएको वडा कार्यालयले जनाएको छ । वडाका अनुसार १ लाखमा स्प्रे ट्यांकी वितरण गरिएको हो । वडा कार्यालयले वडाका ५ घर बराबर १ ट्यांकी वितरण गरेको हो । यस अघि नै शिवसताक्षी ८ झिलझिले माध्यमिक विद्यायलका गरिब तथा जेहेन्दार विद्यार्थीलाई २ ओटा साइकल वितरण गरिएको वडा कार्यालयले जनाएका छ ।

कार्यक्रममा वडा कार्यलयले वडा नं ८ ज्येष्ठ नागरिक मित्रलाल सन्यासी गिरीलाई सम्मान गरिएको थियो । उनलाई नगर प्रमुख चन्द्रकुमार सेर्मा र वडाध्यक्ष केयरसिंह बस्नेतले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष केयरसिंह बस्नेतले वडा नं ८ ले वडामा धेरै कामहरु गरेको जानकारी दिए । उनले वर्षेनी वडाको बजेटबाट ज्येष्ठ नागरिक र कृषकलाई पहिलो प्राथमिकतामा राखी काम गरेको बताए ।

शिवसताक्षी नगरपालिकाका प्रशासन प्रमुख डिल्ली नेपालले शिवसताक्षी नगरपालिकाहरुका अन्य वडा भन्दा वडा नं। ८ ले केही पृथक काम गरेको भन्दै प्रशंसा गरे । उनले भने नगरका वडाहरु सबैले राम्रैकाम गरेका छन् । त्यस मध्येमा पनि वडा नं ८ले ज्येष्ठ नागरिक र कृषकका लागि अलि बढी प्राथमिकतामा राखेर काम गरेको छ, यो प्रशंसनिय हो ।

कार्यक्रममा वडा सदस्य चन्द्र लावती, भानु माध्यमिक विद्यालयका प्र।अ। डामकुमार कुवँर लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन वडाका कर्मचारी कुमारसिंह साँवाले गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *