शिबगञ्ज, १५ चैत–झापाको शिबसताक्षी–६ शिबगञ्जस्थित शिबगञ्ज बहुमुखी क्याम्पसमा नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) को सभापत्विमा सन्तोष दाहाल सर्वसम्मत चयन भएका छन् । विद्यार्थी नेता सन्तोष दाहालको सभापतित्वमा ४७ सदस्यीय शिबगञ्जु बहुमुखी क्याम्पस स्तरीय समिति गठन गरिएको हो ।

नेविसंघ शिवसताक्षी नगर सभापति दिवस बास्कोटाका अनुसार शिबसताक्षी नगरपालिकाभित्रका सवै विद्यालय र क्याम्पसमा समिति विस्तार गर्ने क्रममा शिबगञ्ज बहुमुखी क्याम्पसमा पनि नेविसंघको समिति विस्तार गरिएको हो । नेविसंघ नगर सभापति बास्कोटाको अध्यक्षतामा भएको भेलाले शिबगञ्ज बुहुमुखी क्याम्पसमा नेविसंघको समिति गठन गरिएको हो ।

सो कार्यक्रममा नेपाल विद्यार्थी संघ पुर्ब जिल्ला सचिव तथा शिबसताक्षी–६ वडाअध्यक्ष मनोज खुलाल कार्कीका प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तैं, कार्यक्रममा नेपाली कांग्रेस शिवसताक्षी नगरका सह सचिव राजनारायण ताजपुरिया, नेपाली कांग्रेस नगर सदस्य सविन फुयल, मिलन शेर्मा, कांग्रेस ६ नम्बर वडाका युवा नेताहरु सन्तोष इजम नविन तिम्सिना, नविन बिमली लगायतका नेताहरुको सहभागिता थियो ।

कार्यक्रममा नेविसंघ शिबसताक्षी नगर सचिव उजेन तामाङले सञ्चालन गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *