बिर्तामोड, १५ चैत–नेकपा (एकीकृत समाजवादी) झापा जिल्ला कमिटिको उपाध्यक्ष सविता भण्डारी र प्रत्युस राना चयन हुनु भएको छ ।

जिल्ला कमिटिको सोमबार बसेको बैठकले जिल्ला कमिटिलाई पुर्णता दिंदै मेचीनगर भण्डारी र अर्जुनधाराका रानालाई उपाध्यक्ष चयन गरेको छ ।

त्यस्तै, उपसचिवमा बिवि भट्टराई, नवीन ईजम र पदम लिम्बुलाई चयन गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) झापाको अध्यक्षमा वेदराज रेग्मी र सचिवमा मणि भण्डारी रहनु भएको छ ।

उपाध्यक्षमा चयन हुनु भएकी भण्डारी नेकपा (एकीकृत समाजवादी) सम्बद्ध अखिल नेपाल महिला संघ १ नम्बर प्रदेशको उपसचिव तथा के आर फाउण्डेशन मेचीनगरकी अध्यक्ष समेत रहनु भएको छ ।

विद्यालय अध्ययनकै क्रममा पञ्चायती शासन विरूद्ध आन्दोलनमा होमिनु भएकी भण्डारीले १५ बर्षकै उमेरमा जेल जीवन समेत बिताइसक्नु भएको छ ।

महिला अधिकार र यौन हिंसा बिरूद्ध खरो रूपमा प्रस्तुत हुनु हुने उपाध्यक्ष भण्डारी सामाजिक गतिविधिमा सक्रिय अगुवा महिला नेता हुनुहुन्छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *