बिर्तामोड, १६ चैत–सञ्चारकर्मी शीला उप्रेती ‘बोजु’ ले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई २५ हजार रुपैयाँ प्रदान गरेकी छिन् ।

बुधबार आफ्नो जन्मोत्सवको अवसर तथा पत्रकार महासंघको ६७औं स्थापना दिवसको समेत सन्दर्भ पारेर उनले उक्त रकम प्रदान गरेकी हुन् । बोजले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई उक्त नगद प्रदान गरेकी हुन् ।

हाल कलमनेपाल डटकममा आवद्ध बिर्तामोड निवासी सञ्चारकर्मी बोजु कलाकार तथा टेलिभिजन र रेडियो कार्यक्रम प्रस्तोता हुन् । उनले यसअघि लामो समय सूर्योदय टेलिभिजनमा ‘बोजुको बलेसी’, रेडियो बिराटमा ‘बोजुसंगको कुराकानी’ नामक कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

विवेचना दैनिकबाट सञ्चार क्षेत्रमा प्रवेश गरेकी बोजुले कञ्चनजंघा एफएममा प्रस्तुत हुने नाटकमा कलाकारको समेत भूमिका निर्वाह गरेकी थिइन् ।

बिर्तामोडमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा महासंघका उपाध्यक्ष केशव भट्टराई, कोषाध्यक्ष रञ्जित प्रसाई, अग्रज पत्रकार लक्ष्मण ढकाल, स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष नरेन्द्र ढकाल, लगायतको सहभागिता थियो । बोजुले जन्मोत्सवमा परोपकारी काम गरौं भन्ने भावनाले पत्रकारको दिगोे हितमा योगदान गर्न र अरुलाई पनि सहयोगका लागि प्रेरित गर्न सहयोग गरेकोे बताइन् ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *