शिबगञ्ज, १९ चैत–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) शिबसताक्षी नगर कमिटीले नगरको सवै वडाहरुमा वडास्तरीय भेला आयोजना गर्नुका साथै वडा कमिटी गठन कार्यलाई तिबता दिइएको छ । यसैबीच, बिहिबार वडा नं ४ पाँचगाछीमा, शुबmबार वडाँ नं १ धरमपुरमा र शनिबार वडा नं ६ (शिबगञ्जमा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन भएको छ । यसअघि, शिबसताक्षी नगरपालिकाको वडा नं २, ५, ७, ८, ११ मा कमिटीहरु गठन भइसकेको छ ।

शिबगञ्जमा आज सम्पन्न भेलाले सन्तोष चापागाईको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्क्षद्धयमा भगवती गुरागाई र सञ्जय साह छन् । सचिवमा लक्ष्मीप्रसाद गौतम, सहसचिवमा दिक्षा भट्टराई, कोषाध्यक्षमा बसन्ती किस्कु छन् ।

त्यस्तैं, सदस्यहरुमा बिकास राई, अनिरुद्ध गुरागाई, बिमला दाहाल, सुद्र्धसन गुरागाई, घनेन्द्र थेबे लिम्बू, अनुप न्यौपाने, टीकाराम गुरागाई, भेदा सोरेन, चन्द्रकला गुरागाई, ठाकुर प्रसाद न्यौपाने, बुद्ध सोरेन, निर्मला गुरागाई, शम्भु थेबे लिम्बू, मोहन किस्कु, अजय राजवंसी, समिर मुर्मु, सोम सोरेन, राजु पौदार, मिलन गुरागाई, अम्बरब बहादुर गुरागाई, सञ्जय साह, बिनोद मुर्मु, रामबहादु मर्डी, टेकबहादुर गुरागाई, आशिष मर्डी, सान्ता अधिकारी, सेखर हेमरम, मगल किस्कु, गायत्रीप्रसाद गुरागाई, बिजय राई, सुमित्रा मुर्मु, मोहन सिवाकोटी, रोशन आङदम्बे लिम्बू छन् ।

नगर कमिटी उपाध्यक्ष मक्तिनाथ गुरागाईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला कमिटी झापाका सहसचिव एबम् शिबसताक्षी नगरपालिकाका प्रवत्ता नविन इजमको प्रमुख आतिथ्यता रहेको थियो ।

सो कार्यक्रममा जिल्ला कमिटी सदस्य सोमनाथ गुरागाई, जिल्ला कमिटी सदस्य प्रेम राई, शिबसताक्षी–२ वडा कमिटी अध्यक्ष कृष्ण राई, वडा नं १ का अध्यक्ष फणिन्द्र मुखिया, हस्तराज थेबे, पुष्यप्रसाद गुरागाई, डम्बर राजवंसी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य नगर कमिटी सहसचिव खेम मैनालीले गर्नुभएको थियो भने नगर कमिटी सचिव शान्तिराम न्यौपानेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

यता, शुक्रबार धरमपुरमा आयोजित भेलाले शिबसताक्षी–१ वडा कमिटी गठन गरेको छ । भेलाले युवा नेता फणिन्द्र मुखियाको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको हो । सो कमिटीको उपाध्यक्षमा कृष्ण राई, सचिवमा मनिष चौहान, सहसचिवमा दुर्गा सुनुवार छन् ।

वडा कमिटी सदस्यहरुमा आशरानी सुनुवार, थेवा तामाङ, टेकबहादुर श्रेष्ठ, सिहं तामाङ, बिराट नेम्बाङ, ज्ञाने श्रेष्ठ, भरत क्षेत्री, शेरबहादुर सुनुवार, टुप्पे माझी, रिना सुनुवार, भीमबहादुर दर्जी, सोनाम लिम्बू, योगेश माझी, कबिर सुनुवार, बिबेक लिम्बू, कृष्ण लिम्बू, सचिव ढकाल, धनबहादुर मुखिया, जुनु नेम्बाङ, कृष्ण तामाङ, साहिना फ्याक, हरिमाया सुनुवार, भुवन राई, आकाश मुखिया, राजकुमार नेम्बाङ, मनोज लिम्बू, सुन्दर लावती, रमेश बजगाई, पुजा राई, राधिका मुखिया लगायत छन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य अशेष घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा केन्द्रीय सदस्य निलमणी बराल, जिल्ला कमिटी सदस्य तथा शिबसताक्षी–२ इन्चार्ज प्रेम राई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

त्यस्तैं, शिबसताक्षी–४ वडा कमिटी पनि गठन भएको छ । सो कमिटीका अध्यक्षमा बीरलाल ताजपुरिया, उपाध्यक्षद्धयमा पुनम पासवान र देबकुमार ताजपुरिया, सचिवमा दिपेन्द्र प्रसाद राजवंशी, सहसचिवद्धयमा लक्ष्मी ताजपुरिया र श्याम ताजपुरिया छन ।

सदस्यहरुमा दिलबहादुर मगर, सृजना ताजपुरिया, निखिल मगर, रामबहादुर खवास, देबनारायण साह, मिनकुमारी फुयल, कौशिला सिंह ताजपुरिया, रमेश ताजपुरिया, किरण खरेल, चक्र ताजपुरिया, बिक्रम मगर, शिव चरण, मिस्त्री कर्णाकार, टेक गिरी, प्रदिप गिरी,, राम मिस्त्री कर्माकार, कुलदिप ताजपुरिया, दिपक राई, रुपक बुडाथोकी लगायत छन् ।

नगर कमिटीका अध्यक्ष समेत रहनुभएका पार्टी जिल्ला कमिटी सहसचिव नविन इजमको अध्यक्षतामा र पार्टी जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य जिल्ला कमिटी सदस्य प्रेम राई, टीका पाठकले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य नगर कमिटी सहसचिव खेम मैनालीले र सञ्चालन नगर कमिटी सचिव शान्तिराम न्यौपानले गर्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *