धरमपुर, २० चैत–झापाको शिबसताक्षीमा नेकपा (माओवादी केन्द्र) ले निर्वाचिन लक्षित कार्यक्रमलाई तिब्र बनाएको छ । यसैबीच, शिबसताक्षी–३ मा माओवादी केन्द्रले वाइसियलको वार्ड कमिटी गठनसँगै टोल कमिटी भेला र कमिटी विस्तारलाई तिब्र बनाइएको हो ।

माओवादी केन्द्र वार्ड कमिटी अध्यक्ष राजु लिम्बूको अध्यक्षतामा सम्पन्न भेलाले धनबहादुर तुम्बापोको नेतृत्वमा ५१ सदस्यीय वाइसियल शिबसताक्षी–३ वार्ड कमिटी गठन गरेको छ । सो कमिटीका उपाध्यक्षमा हेमन्त राई, सचिवमा राजे तुम्बापो, सहसचिवमा पालाङ तामाङ र कोषाध्यक्षमा शखर लक्सम लिम्बू छन् ।

त्यस्तैं, शिबसताक्षी–३ मा चार वटा टोल कमिटी गठन गरिएको नेकपा (माओवादी केन्द्र) वार्ड कमिटी अध्यक्ष राजु लिम्बूले जानकारी दिनुभयो । अध्यक्ष लिम्बूका अनुसार वार्डमा ६ वटा टोलहरु निर्माण हुने र छिट्टै दुईवटा टोल कमिटी पनि गठन गरिने छ ।

साविकः धरमपुर–४ अन्तर्गत देबदुत, जनज्योती र साधुचौकलाई एकीकृत गरेर टोल नम्बर १, दिङलाधाप र दोभान चौकलाई समेटेर टोल नम्बर २, पाराबारी बजार दक्षिण काराबारी टोल र पाराबारी उत्तर नहर टोल कमिटी गठन गरिसकेको वार्ड कमिटी अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

कार्यक्रममा नगर कमिटी अध्यक्ष महेन्द्र भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । सो कार्यक्रममा वाइसिय शिबसताक्षी नगरका निर्वतमान अध्यक्ष तथा वाइसियल प्रदेश १ का सदस्य भुवन राई, नगर कमिटी सचिव खुबबहादुर राई, शिक्षक गणेश चौलागाई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा कार्यक्रमको सञ्चालन वार्ड कमिटी सचिव लयप्रसाद गौतमले गर्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *