गोविन ल्वागुन माइधार, २० चैत–माइधाम ब्यापारी बचत तथा रिण सहकारी संस्थाले आइतबार ६५औ राष्ट्रिय सहकारी दिवसको अवसरमा जेष्ठ शेयर सदस्यहरुलाई नगद सहित सम्मान गरेको छ ।

शिबसताक्षी १० स्थीतमाइधारमा रहेको उक्त संस्थाले ७० बर्ष भन्दामाथीका १५ जना जेष्ठ शेयर सदस्यहरुलाईनगद ५सय रुपैय सहित सम्मान पत्रद्धार सम्मानगरिएको हो ।

यसरी सम्मानित हुनेमा हरिमाया प्रसाई (७०), शुरेश कुमार साह (७१), तिलकसिंह लिवाङ (७२), चन्द्रबहादुर कार्की (७२), मलेस्ताएमा दाहाल (७२), इन्द्रमाया नेपाल (७३), छत्रबहादुर कार्की (७६), चन्द्रकाला रिजाल (७३), काशान्तकुमारी राई (७३), फत्यबहादुर कार्की (७३), फौदराज बोहोरा (७६), बिष्णुमाया अधिकारी (७५), रंगलाल थपालीय (७६), पिताम्बर सुबेदी (७७) र गणेशबहादुर कार्की (७८) रहेको संस्थाका उपाध्यक्ष तुलबहादुर राईले जानकारी दिए ।

२०६५ सालमा स्थापनाभएको यस संस्थाले बिगतका बर्षहरुमा पनि बिभिन्न सामाजिक कार्यहरुमा सहयोग र सहकार्य गर्दै आएको जनाएको छ । उक्त अवसरमा संस्थाका ब्यबस्थापक बलराम आचार्यले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै संस्थाले बिगतमा राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघको अनुरोधमा संयुक्त रुपमा मनाउदै आएकोमा यस पटकदेखि संस्थाले आफ्नै शेयर सदस्यहरुलाई सम्मान गरेर मनाएको बताए । उनकाअनुसार आगमी दिनमा अन्य वित्तिय पक्षसंग सहकार्य गरि सब्य र भब्य रुपमामनाइने जानकारी दिए ।

उक्त कार्यक्रमको प्रमुख अतिथितथा वडा नं १० काअध्यक्ष कर्णबहादुर थापाले संस्थाले जेष्ठ नागरिकहरुलाई जेष्ठ शेयर सदस्यको रुपमा सम्मान गरेको अदाहरण्ीय कार्यको थालनी भएको बताए । उनकाअनुसार यस्तो कार्य अन्य संघ संस्थाले पनिसिको गर्नु पर्ने भन्दै स्थानीय सरकारले पनि जेष्ठ नागरिकहरुलाई आवश्यक सहयोग गर्दै आएको र आगमी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए ।

सो अवसरमा संस्थाका अध्यक्ष पदमलाल अधिकारीले संस्थाको गतीबिधिको बिषयमा जानकारी गराउदै आगमी राष्ट्रिय सहकारी दिवसको अवसरमा जेष्ठ शेयर सदस्यहरुलाई थप प्रोहत्सानका कार्यक्रम ल्याइने प्रतिबद्धता जाहेर गरे ।उनले भने जेष्ठ नागरिक समाजका जिउँदो इतिहास भएकाले उनिहरुलाई सहयोग गर्नु सबैको साझा कर्तब्य भएको बताए ।

संस्थाका उपाध्यक्ष तुलबहादुर राईले स्वागत मन्तब्य रहेको कार्यत्रमको संचालन संस्थाका सचिब डम्बर कुमार तिम्सिनाले गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *