विराटनगर ,२१ चैत–विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत मेडिकल अफिसर डा। विजय यादवको रहस्यमय मृत्यु भएको घटनामा प्रहरीले सोधपुछको लागि ८ जनालाई नियन्त्रणमा लिएको छ ।घटना अगाडि एकसाथ मदिरा सेवन गर्ने दुई जनासहित ८ जनालाई साधेपुछको लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

सप्तरीको विष्णुपुर गाउँपालिका– १ का बासिन्दा डा।यादव विराटनगर( ४ नोबेल अगाडि डेरा बसेको घरको कम्पाउण्डमा शनिबार बिहान मृत फेला परेका थिए । शुक्रबार राति अबरेसम्म सँगै मदिरा खाने दुई जना डा। यादवका साथीहरूसहित ८ जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएर म्याद थप गरेको छ ।

प्रहरीले यादवसँग ७ महिना अगाडि झगडा गर्ने फार्मेसी सञ्चालकसहित शुक्रबार राति झगडा गर्ने युवाहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरीले मोरङको रतुवामाई नगरपालिका घर भई विराटनगरमा बस्दै आएका जीवन कठेत, सुदीप पौडेलसहित ८ जनालाई जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबार अभद्र व्यवहारको मुद्दामा’ तीन दिन म्याद थप गरि अनुसन्धान सुरू गरेको छ ।

हाडजोर्नी सम्बन्धी उपकरण सप्लाई गर्ने कठेत र उनका साथी पौडेलसहित डा यादवले एयरपोर्ट लाइनको तृष्णा होटलमा राति ११ बजेसम्म बसेको पाइएको अनुसन्धानमा खटिएका प्रहरीले बताए । मृतकको पोष्टमार्टम रिपोर्ट नआएसम्म हत्या हो वा दुर्घटना भएको यकिन नभएकोले अनुसन्धानको लागि प्रहरीले उनीहरूलाई नियन्त्रणमा राखेको छ ।

सोधपुछबाट मात्रै वास्तविकता पत्ता लाग्न नसकेकाले पोस्टमार्टम रिपोर्टको पर्खाइमा प्रहरी रहेको मोरङ प्रहरीका डीएसपी दिपक श्रेष्ठ बताए । घटना शंकास्पद र गम्भीर रहेको भनिएपनि प्रहरीले शव भेटिएको २४ घण्टाभन्दा धेरै बितिसक्दासम्म मृत्युको कारण यकिन गर्न सकिरहेको छैन । मृतकको पोस्टमार्टम धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा आइतबार गरिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *