धरमपुर, २१ चैत–झापाको शिबसताक्षी–२ स्थित हिमालय आधारभूत विद्यालयमा जसबहादुर कुरुङबाङको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।
स्थानीयवासी एबम् नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगरका नेता भूवन राईका अनुसार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सहित सदस्यहरुमा सर्वसम्मत चयन भएको हो ।
सो समितिका सदस्यहरुमा पदम तामाङ, शेरबहादुर तामाङ, लोचना लावती, सुनिता राजवंसी, किमी राई, संगिता आङदम्बे छन् ।
नवगठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुरुङबाङले विद्यालयलाई आगामी समयमा विद्यार्थीहरुको शैक्षिक विकाससँगै भौतिक संरचना लगायतका कार्यक्रम र समुदायबीच अन्नरक्रिया र छलफल गर्दै शैक्षिक गुणस्तरलाई प्रभावकारी बनाउदै लैजाने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
