दमक, २१ चैत–स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीको आज (सोमबार) बैठक सम्पन्न भएको छ । दमक देबकोटा चौकस्थित सिद्धी मार्केटमा रहेको दमक नगर कमिटीको कार्यालयमा सम्पन्न बैठकले नगरको १० वटै वडा कमिटीहरुलाई व्यवस्थित गर्दै पार्टी सम्बद्ध युवा, विद्यार्थी, महिला, किसान, मजदुर, बुद्धिजिवी र पत्रकार संघसंगठनलाई क्रियाशिल बनाइने भएको छ ।

नगर कमिटी अध्यक्ष महेश घिमिरेको अध्यक्षतामा र पार्टीका प्रदेश कमिटी सदस्य तथा शसस्त्र प्रहरीका पूर्व एसएसपी भरतबाबु कार्कीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो । बैठकले नगरको सवै वडाहरुमा नगर कमिटीले यसअघि जिम्मेवारीसहित तोकिएको वडा संयोजक र वडा इन्चार्जलाई वडा कमिटीको अवस्था र त्यसलाई व्यवस्थित गर्ने सम्बन्धमा रिपोटिङ गरिनुका साथै बिचार बिमर्श गरिएको थियो ।

त्यस्तैं, दमक नगरमा अन्य राजनीतिक दल वा पार्टीसँग बार्ता, सम्बाद र छलफल गर्न नगरक कमिटीका अध्यक्ष महेश घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । सो समितिका आमन्त्रित सदस्यमा पार्टी जिल्ला कमिटी सदस्य तथा दमक नगर इन्चार्ज हरि नेपाल, नगर कमिटी उपसचिव तथा अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य रोशन भण्डारी, नगर सदस्य खगेन्द्र घिमिरे, र नगर कमिटी उपसचिव एबम् समाजवादी प्रेष संगठन झापाका अध्यक्ष अनिलदेब राई छन् ।

आजै सम्पन्न बैठकले नगर कमिटीका उपाध्यक्ष बिराट जबेगुको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक संकलन समिति समेत गठन गरेको छ । त्यस्तै, नगर कमिटीको कार्यालयबाट निर्वाचन लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउन र दमक मुख्य चौकमा सम्पर्क कार्यालय स्थापना गर्न समेत आजको बैठकमा छलफल भएको छ ।

बैठकमा प्रदेश कमिटी सदस्य केन्द्र प्रसाई, जिल्ला कमिटी सदस्य तथा दमक नगर इन्चार्ज हरि नेपाल, जिल्ला सदस्य टीका प्रसाई, जिल्ला कमिटी सदस्य तथा युवा संघ नेपालका केन्द्रीय सदस्य हरिकृष्ण पौडेल, कमल कटुवाल, केशब दाहाल, तुलसी निरौला, तीर्थ नेपाल, नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रीय सदस्य उमेश चौलागाई, अनेरास्ववियूका केन्द्रीय सदस्य रोशन भण्डारी, युवा संघ झापाका उपाध्यक्ष प्रवल भण्डारी, युवा संघ दमक नगर अध्यक्ष दीपक भट्टराई लगायत दमक नगर कमिटीका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *