काठमाडौं, २२ चैत–इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष चारको दौडमा रहेको आर्सनल क्रिश्टल प्यालेससँग ३-० ले पराजित भएको छ। सोमबार आर्सनललाई प्यालेसले खेलमा फराकिलो अन्तरले पाखा लगायो।​

प्यालेसलाई हराउँदै टोटेन्ह्यामलाई पछि पार्दै शिर्ष चारमा उक्लिने मौकामा रहेको आर्सनल प्यालेसको मैदानमा समालिन नसक्दा पहिलो हाफमा २ गोल तथा दोस्रो हाफमा थप १ गोल व्योहोर्न पुगेको थियो। प्यालेससँग अप्रत्यासित हारपछि आर्सनल पाचौं स्थानमा कायम छ।

आर्सनलविरुद्व घरेलु मैदानमा सुरुवातबाटै राम्रो लयमा देखिएको प्यालेसका लागि जीन फिलिप मटेटाले १६ औं मिनेटमा एन्डरसनको पासलाई सदुपयोग गर्दै सुरुवाती अग्रता दिलाएका थिए। जोर्डन अयूले २४ औं मिनेटमा एन्डरसनकै पासलाई सदुपयोग गर्दा प्यालेसले खेलमा २-० को अग्रता बनाउन सफल भयो।

पहिलो हाफमा २ गोलले अघि रहेको प्यालेसले दोस्रो हाफमा थप एक गोल गरेको थियो। विलफ्रेड जहलाई डि बक्समा लडाएपछि पाएको पेनल्टीलाई जहलेनै ७४ औं मिनेटमा सदुपयोग गर्दै टीमको अग्रता ३-० मा पुर्‍याएका थिए।​

प्यालेसले होम ग्राउन्डमा २०२२ मा पहिलो जित संभव बनाउन सफल भयो। जितपछि प्यालेस ३७ अंकका साथ नवौं स्थानमा उक्लिँदा आर्सन भने २९ खेलबाट ५४ अंकका साथ पाँचौं स्थानमा कायम रहेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *