दमक, २२ चैत–नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज इन्द्रबहादुर बुडाथोकीले केपी ओलीको तानाशाह प्रवृत्ति र ब्याक्तिवादी चरित्रले एमाले पार्टीभित्र बिभाजनमा आइपुगेको बताउनुभयो । झापाको दमक–३ दुुम्से चौकमा आज विहान वडा स्तरीय भेलालाई सम्बोधन गर्नुहुदै पार्टीका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज बुडाथोकीले यस्तो कुरा बताउनुभएको हो ।
दमक नगरपालिकाका पूर्व नगर प्रमुख समेत रहनुभएका नेता बुडाथोकीले एमाले पार्टी निर्माण गर्न ओली र ओलीका अन्धभक्ताहरुले नभएर नेपाली जनताको त्याग र बलिदानबाट स्थापना भएको बताउनुभयो । लामो समय भोकै तिर्खा र अनेकौ पीडाहरुबीच स्थापना गरेको पार्टीलाई ओलीको तानाशा प्रवत्ति र ब्याक्तिवादी चरित्रले कमजोर बनाउदै गएको नेता बुडाथोकीले आरोप लगाउनुभयो ।
नेता बुडाथोकीले आसन्न वैशाख ३० मा हुन लागेको स्थानीय निर्वाचनमा ओली कम्पनी पार्टी एमालेलाई नेपाली जनताले मुल्याङकन गर्नुपर्ने समय आएको बताउनुभयो । सत्ता र शक्तिको निम्ति ओलीले एमाले पार्टीलाई भष्ट्र, दलाली, अपराधी, बल्तकारीहरुलाई संरक्षण गरिरहेको र तिनै व्याक्तिहरुको शक्ति र पैसाले बाँचिरहेको नेता बुडाथोकीले बताउनुभयो ।
सो कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज बुडाथोकीले दुई तिहाईको सरकारको दम्भ र अहमताले देशमा कम्युनिष्ट सरकारको बदनामी गर्ने ओलीलाई दमक नगरीबाटै लखेट्नुपर्ने बताउनुभयो । वहाँले संघीय सरकारका गठबन्धन दलहरुले आगामी निर्वाचनमा एकताबद्ध भएर अघि बढ्दै जानुपर्नेमा जोड दिनुभयो ।
नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटी सदस्य तथा वडा नंम्बर ३ का संयोजक किरण भट्टराईको अध्यक्षतामा वडा स्तरीय भेला भएको थियो । सोही भेलाले किरण भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीका उपाध्यक्षद्धयमा दुर्गा बास्कोटा, बौद्ध बहादुर भण्डारी, सचिवमा बिरेन्द्र तिम्सिना (बिरेन) र उपसचिवद्धयमा मनकुमार श्रेष्ठ र सन्तोष बिश्वकर्म चुनिएका छन् ।
त्यस्तैं, सदस्यहरुमा टीका राई, इन्दिरा बस्नेत, सन्तोष श्रेष्ठ, शंखर भण्डारी, योगराज तिम्सिना, कञ्चन भट्टराई, विकास कुवर, केदार िखड्का, निर्मल भट्टराई, श्याम मगर, सन्तोष, बिन्दु दाहाल, याम दहाल, कमल खनाल, निरन्जन भट्टराई, भक्त नेपाली, सुरेश कार्की, चन्द्रा तिम्सिना रमेश दास, चेतन दुलाल, दिलिप सुब्बा, डिक बहादुर कुबर, अर्जुन मोते, उज्वल ढुङ्गेल, कुशल चौहानर कमल भण्डारी छन् ।
सो कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा सशस्त्र प्रहरीका पूर्व एसएसपी भरतबाबु कार्की, जिल्ला कमिटी सदस्य तथा दमक नगर इन्चार्ज हरि नेपाल, तुलसी निरौला, टीका प्रसाई, भीम दाहाल, केशब दाहाल, दमक नगर अध्यक्ष महेश घिमिरे, दमक नगर सदस्य चन्द्र थापा युवा संघ झापाका उपाध्यक्ष प्रवल भण्डारी लगायतका नेताहरुको उपस्थिति थियो ।
