दमक, २२ चैत–नेकपा (एकीकृत समाजवादी) को दमक–३ दुम्से गाउँमा वडा कमिटी गठन गरिनुका साथै पार्टीको सम्पर्क वडा कार्यालय स्थापना गरिएको छ । नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटी सदस्य तथा वडा नंम्बर ३ का संयोजक किरण भट्टराईको अध्यक्षतामा र केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज इन्द्रबहादुर बुडाथोकीको प्रमुख आतिथ्यतामा वडा कमिटी गठन गरिनुका साथै सम्पर्क वडा कार्यालय स्थापना भएको हो ।
नगर कमिटी अध्यक्ष महेश घिमिरेका अनुसार किरण भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय नेकपा (एकीकृत समाजवादी) दमक–३ वडा कमिटी गठन गरिएको छ । कमिटीका उपाध्यक्षद्धयमा दुर्गा बास्कोटा, बौद्ध बहादुर भण्डारी, सचिवमा बिरेन्द्र तिम्सिना (बिरेन) र उपसचिवद्धयमा मनकुमार श्रेष्ठ र सन्तोष बिश्वकर्म चुनिएका छन् ।
त्यस्तैं, सदस्यहरुमा टीका राई, इन्दिरा बस्नेत, सन्तोष श्रेष्ठ, शंखर भण्डारी, योगराज तिम्सिना, कञ्चन भट्टराई, विकास कुवर, केदार िखड्का, निर्मल भट्टराई, श्याम मगर, सन्तोष, बिन्दु दाहाल, याम दहाल, कमल खनाल, निरन्जन भट्टराई, भक्त नेपाली, सुरेश कार्की, चन्द्रा तिम्सिना रमेश दास, चेतन दुलाल, दिलिप सुब्बा, डिक बहादुर कुबर, अर्जुन मोते, उज्वल ढुङ्गेल, कुशल चौहानर कमल भण्डारी छन् ।
सो कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा सशस्त्र प्रहरीका पूर्व एसएसपी भरतबाबु कार्की, जिल्ला कमिटी सदस्य तथा दमक नगर इन्चार्ज हरि नेपाल, तुलसी निरौला, टीका प्रसाई, भीम दाहाल, केशब दाहाल, दमक नगर अध्यक्ष महेश घिमिरे, दमक नगर सदस्य चन्द्र थापा युवा संघ झापाका उपाध्यक्ष प्रवल भण्डारी, दमक नगर अध्यक्ष दिपक भट्टराई लगायतका नेताहरुको उपस्थिति थियो ।
